+

लिग २ : यसअघि स्थगित घरेलु शृंखलाको नयाँ तालिका सार्वजनिक, लगत्तै अर्को शृंखला हुने

२०८२ चैत  २४ गते १८:१९ २०८२ चैत २४ गते १८:१९
लिग २ : यसअघि स्थगित घरेलु शृंखलाको नयाँ तालिका सार्वजनिक, लगत्तै अर्को शृंखला हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमान र यूएईबीच स्थगित शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुने भएको छ ।
  • नेपाल क्रिकेट संघले उक्त शृंखलाको खेलतालिका सार्वजनिक गरेको छ ।
  • शृंखला सकिएको अर्को सातामै नेपाल, अमेरिका र स्कटल्यान्ड त्रिदेशीय शृंखला मे १२ देखि २२ सम्म हुनेछ ।

२४ चैत, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा हुने तय भएर स्थगित भएको नेपाल, ओमान र यूएईबीचको शृंखला आउँदो अप्रिल २५ देखि हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले प्रेस विज्ञप्ति जारी गर्दै शृंखलाको खेलतालिका सार्वजनिक गरेको हो । नेपाल, ओमान र यूएईसँगको शृंखला अप्रिल २५ देखि मे ५ सम्म हुनेछ ।

यस्तै उक्त शृंखला सकिएको अर्को सातामै फेरि नेपाल, अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला सुरु हुनेछ । उक्त शृंखला मे १२ देखि २२ सम्म चल्नेछ ।

यसअघि नेपाल, ओमान र यूएईबीच हुने भनिएको शृंखला पश्चिम एसियाको संकटका कारण स्थगित भएको थियो ।

८ टोली सम्मिलित लिग २ मा हाल नेपालले २० खेलमा १२ अंक जोड्दै सातौं स्थानमा छ । यूएईको २० खेलमा १० अंक छ । ओमानको २२ खेलमा २७ अंक छ ।

अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ भने स्कटल्यान्ड २६ खेलमा ३२ अंक जोडेर दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २४ खेलमा २८ अंक छ ।

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय