+
+
Shares

शिक्षा मन्त्रीले भने– विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने व्यवस्था पुनर्विचार गर्छौं

यस्तै विश्वविद्यालयभित्रका विद्यार्थी संगठन खारेज गर्ने पूर्ववर्ती सरकारको निर्णयबारे अहिलेको सरकार प्रतिबद्ध रहेको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १८:०८

२४ चैत, महेन्द्रनगर । नेपालका विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री रहने कानुनी व्यवस्थाबारे पुनर्विचार गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बताएका छन् ।

मंगलबार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा पुगेका बेला पत्रकारसँग कुराकानी गर्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

‘विश्वविद्यालयमा बढ्दो राजनीतिकरण अन्त्य गर्न आवश्यक छ । त्यसका लागि कुलपति र सहकुलपति प्रधानमन्त्री र शिक्षामन्त्री हुने व्यवस्था पुनर्विचार गर्छौं,’ उनले भने ।

यस्तै विश्वविद्यालयभित्रका विद्यार्थी संगठन खारेज गर्ने पूर्ववर्ती सरकारको निर्णयबारे अहिलेको सरकार प्रतिबद्ध रहेको उनले बताए ।

मन्त्री पोखरेलले प्राज्ञिक विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीलाई सरकारको गति र सय दिने कार्यसूचीअनुसार काम गर्न निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?