News Summary
Generated by OK AI. Editorially reviewed.- बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ।
- खेलको पहिलो हाफमा लुइस डियाज र दोस्रो हाफको सुरुवातमा ह्यारी केनले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए।
- रियलका लागि किलियन एम्बाप्पेले ७४औं मिनेटमा गोल गरे पनि टोलीले बराबरी गोल गर्न सकेन।
२५ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ ।
गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो ।
खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ह्यारी केनले शानदार गोल थप्दै अग्रता दोब्बर बनाए ।
रियलका लागि ७४औं मिनेटमा किलियन एम्बाप्पेले ट्रेन्ट एलेक्जेन्डर-अर्नोल्डको पासमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । त्यसपछि रियलले दबाब बनाए पनि बराबरी गोल गर्न सकेन ।
बायर्नका गोलकिपर म्यानुएल नोएरले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले ।
अब दोस्रो लेग बायर्नको घरेलु मैदानमा अर्को साता हुने छ ।
प्रतिक्रिया 4