News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपाकी सांसद समिना मियाँले सडक दुर्घटनामा हजारौं नागरिकको ज्यान जाने भन्दै तत्काल सडक सुरक्षाका सुधारको माग गरिन्।
- मियाँले जलेश्वर बर्दिबास सडक खण्डमा मोटरसाइकल दुर्घटनामा तीन युवाको मृत्युप्रति दुःख व्यक्त गर्दै स्पिड नियन्त्रण र सडक मर्मतको माग गरिन्।
- उनले कडा ट्राफिक कार्यान्वयन, सचेतना कार्यक्रम, आपतकालीन उद्धार प्रणाली सुधार र पीडितलाई राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन्।
२५ चैत, काठमाडौं । रास्वपाकी सांसद समिना मियाँले सडक सुरक्षाका लागि तत्काल आवश्यक सुधारको कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा आकस्मीक समय लिएर बोल्दै सांसद मियाँले सडक दुर्घटनामा बर्षेनि हजारौं नागरिकको ज्यान जाने गरेको भन्दै तत्काल सडक सुरक्षाका लागि आवश्यक सुधार कार्य अघि बढाउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
जलेश्वर बर्दिबास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एसईई परिक्षा दिएर उज्ज्वल भविष्यको सपना बोकेर घर फर्कँदै गरेका तीन जनाको मृत्यु भएको घटनाप्रति दु:ख व्यक्त गगर्दै उनले सडक सुरक्षा सुधारका माग गरेकी हुन् ।
सांसद मियाँले भनिन्, ‘एसईई परीक्षा दिएर उज्जवल भविष्यको सपना बोकेर घर फर्कँदै गरेका तीन भाइहरू जलेश्वर बर्दिवास सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउन बाध्य भए । अन्य केही घाइते भएका छन् । यो केवल दुर्घटना होइन, यो हाम्रो प्रणालीको कमजोरीको परिणाम हो। ती तीन बालकहरूले केवल आफ्नो ज्यान मात्रै गुमाएका छैनन्। एउटा परिवारको आशा, सपना र भविष्य नै समाप्त भएको छ ।’
‘अब प्रश्न उठ्छ यस्ता घटना किन दोहोरी रहन्छन् ? हामी कहिलेसम्म दुर्घटना भयो भन्दै बस्ने ? यस सन्दर्भमा म सरकारलाई केही नीतिगत मागहरू राख्न चाहन्छु । सडक सुरक्षाको तत्काल सुधार, जलेश्वर बर्दिबास जस्ता जोखिमयुक्त सडक खण्डमा स्पिड नियन्त्रण, साइन बोर्ड, सडक मर्मत र प्रकाशको उचित व्यवस्था गरियोस्,’ उनले भनिन् ।
कडा ट्राफिक कार्यान्वयन, लाइसेन्स बिना सवारी चलाउने, ओभर स्पिड र ट्राफिक नियम उल्लंघनमा कडाईका साथ कारबाही हुनुपर्ने उनको माग थियो ।
उनले भनिन्,’ ‘युवा तथा विद्यार्थी सचेतना कार्यक्रम गरियोस् । विद्यार्थी स्तरमै सडक सुरक्षा सम्बन्धी अनिवार्य सचेतना अभियान सञ्चालन गरियोस् । आपतकालीन उद्धार प्रणाली सुधार दुर्घटना भए लगत्तै उद्धार र उपचारका लागि एम्बुलेन्स ट्रमा सेन्टर तथा छिटो स्वास्थ्य सेवा सुनिश्चित गरियो स्। पीडित परिवारलाई राहत मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइते हरुको निःशुल्क उपचार व्यवस्था गरियोस् ।’
‘यदि हामीले अहिले पनि गम्भीर भएर सुधार गरेनौं भने यस्ता घटना यस्ता दुःखद् घटना फेरि दोहरिरहने छन् । त्यसैले म सरकारसँग गम्भीर ध्यान आकर्षण गर्न चाहन्छु र अन्त्यमा ती निर्दोषभाइहरूको सम्झनामा हामी सबैले जिम्मेवार बनौं,’ उनले भनिन् ।
प्रतिक्रिया 4