+
+
Shares

सिक्टा, भेरी-बबई जस्ता सिँचाइ आयोजना अलपत्र छोडिँदैन : मन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १४:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी-बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिण सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने प्रतिबद्धता जनाउनुभयो।
  • सुनकोशी–मरिण आयोजनाको पुनः खरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने र भेरी–बबई आयोजना २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको मन्त्री श्रेष्ठले बताउनुभयो।
  • मन्त्री श्रेष्ठले सिँचाइलाई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनसँग जोड्ने एकीकृत प्रणालीको व्यवस्था गरिने र अन्तर मन्त्रालय समन्वय अनिवार्य रहेको उल्लेख गर्नुभयो।

२५ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सिक्टा, भेरी-बबई, रानी जमरा कुलरिया र सुनकोशी–मरिण जस्ता सिँचाइ आयोजनाहरू अब अलपत्र अवस्थामा नछोडिने बताएका छन् । ७३ औं सिँचाइ दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अलपत्र अवस्थामा नछाड्ने प्रतिबद्धता जनाएका हुन् ।

सुनकोशी–मरिण आयोजनाको पुनः खरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको बताउँदै भेरी–बबई आयोजना २ वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको बताए । त्यस्तै गण्डक, नारायणी, बागमती, सुनसरी–मोरङ जस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुनर्स्थापना र व्यवस्थापकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

‘वास्तविक अवरोधहरू कहाँ छन् ? त्यसको जानकारी दिनुहोस् हामी समाधानको प्रयास गर्नेछौं,’ उनले भने । कर्मचारीहरूसँग रहेको प्राविधिक ज्ञान कुनै नीतिगत दस्तावेजले प्रतिस्थापन गर्न नसक्ने भन्दै कर्मचारीलाई निर्देशनको पालना गराउने मात्रै नभई साझेदारी गर्न चाहेको समेत बताए ।

अबका दिनमा सिँचाइ खेतमा पानी पुर्‍याउने माध्यमका रूपमा मात्र नहेरेर पानीलाई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनलाई समेत जोड्ने गरी एकीकृत प्रणालीको व्यवस्था गरिने उनले बताए ।

‘पानीले ऊर्जा, सिँचाइ, कृषि मन्त्रालय, वा विभागको कार्यक्षेत्र चिन्दैन,’ मन्त्री श्रेष्ठले भने, ‘अवरोध अन्त्यका लागि अन्तर मन्त्रालय र निकायबीच समन्वय अनिवार्य छ । ’ तल्लो तटीय फाइदा, बाढी नियन्त्रण, नदी किनारमा बस्ने समुदायलाई के कस्ता लाभ पुर्‍याउन सकिन्छ भन्ने विषयलाई पनि मन्त्रालयको नीतिमा समावेश गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?