+
+
Shares

भारतले चिया निर्यातमा समस्या पैदा गर्दै आएको छ : निश्कल राई

नेपाली कांग्रेसका सांसद निश्कल राईले आफ्नो क्षेत्रमा नागरिकहरु चियाको पहिलो मुना टिप्न व्यस्त रहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २५ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सांसद निश्कल राईले चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउन धौधौ भएको र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
  • उनले भारतले चिया निर्यातमा समस्या पैदा गर्दै आएको र किसान तथा उद्यमी दुबै पीडित रहेको बताएका छन्।
  • राईले सरकारलाई कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न सभामुखमार्फत जोडदार आग्रह गर्नुभएको छ।

२५ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले आफ्नो क्षेत्रमा नागरिकहरु चियाको पहिलो मुना टिप्न व्यस्त रहेको बताएका छन् । तर, उनीहरूले मिहेनतको उचित मूल्य पाउन नसकेको उनले बताए ।

‘उत्पादन लागत अध्ययनको आधारमा चियाको न्यूनतम समर्थन मूल्य किसानले पाउन धौधौ छ,’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यस्तै किसानले भोग्नुपरेको मल अभावको विषयमा पनि सभामुख महोदय मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’

उनका अनुसार भारतले चिया निर्यातमा समस्या पैदा गर्दै आएको छ ।

एकातिर किसान पीडित छन् भने अर्कोतर्फ चिया उद्यमीहरु पनि पीडामै छन्’, उनले भनेका छन्, ‘चिया निर्यातका लागि हामी केवल भारतीय बजारमा आश्रीत छौं । समय समयमा भारतले नचाहिने विषयमा चिया निर्यातमा समस्या पैदा गर्दै आएको छ ।’

अहिले पनि यस्तो समस्या रहेको उनले बताए ।

‘अहिले पनि भारतको पश्चिम बंगाल सरकार चिया तथा कफि विकास वोर्डले फुड सेफ्टी एण्ड स्ट्यान्डर्ड अथुरिटी अफ इन्डियाको नाममा दुख दिइरहेको छ । यो किसान तथा उद्यमीको प्रयासबाट समाधान हुने समस्या होइन’ राईले भने ।

यो विषयलाई ख्याल गर्न सरकारलाई उनको आग्रह छ ।

उनले भनेका छन्, ‘तसर्थ, यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएर कूटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न आवश्यक रहेकोमा म सभामुख महोदयमार्फत सरकारसमक्ष जोडदार आग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?