News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा २६ चैतलाई प्रजातन्त्र पुनर्बहाली भएको दिनको रुपमा जनआन्दोलन दिवस मनाइँदै छ।
- विसं २०४६ चैत २६ गते ३० वर्षे पञ्चायती शासन व्यवस्थाको अन्त्य गरी बहुदलीय शासन व्यवस्था पुन:स्थापना भएको थियो।
- नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहितको संयुक्त जनआन्दोलनपछि राजा वीरेन्द्रले २६ चैतमा बहुदलीय व्यवस्था पुन:स्थापनाको घोषणा गरेका थिए ।
२६ चैत, काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ ।
विसं २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य गर्दै प्रजातन्त्र पुन:स्थापना भएको सम्झनामा आज दिवस मनाउन लागिएको हो ।
विसं २०१७ पुस १ गते राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाको अन्त्य २०४६ चैत २६ गते भएको थियो ।
नेपाली कांग्रेसको नेतृत्वमा वाममोर्चासहित भएको संयुक्त जनआन्दोलनपछि ३० वर्षे पञ्चायती व्यवस्था अन्त्य भएको थियो । सोही दिनदेखि नेपालमा बहुदलीय शासन व्यवस्था पुन:स्थापना भएको हो ।
कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो । २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी २०४६ फागुन ७ गतेदेखि जनआन्दोलन सुरु भएको थियो ।
तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै २६ गते बहुदलीय व्यवस्था पुन:स्थापनाको घोषणा गरेका थिए ।
प्रतिक्रिया 4