+

नेपाल ‘ए’ क्रिकेट टिमले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

२०८२ चैत  २६ गते २०:०२ २०८२ चैत २६ गते २०:०२
नेपाल ‘ए’ क्रिकेट टिमले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ‘ए’ क्रिकेट टिमले ओमान, स्कटल्यान्ड र अमेरिकासँग दुई–दुई एकदिवसीय खेल खेल्ने भएको छ।
  • नेपाल क्रिकेट संघले मुलपानी क्रिकेट मैदानमा हुने खेलहरूको तालिका सार्वजनिक गरेको छ।
  • नेपाल ‘ए’ ले अप्रिल २२ र २४ मा ओमानसँग, मे ६ र ९ मा स्कटल्यान्डसँग, मे ७ र ११ मा अमेरिकासँग खेल्नेछ।

२६ चैत, काठमाडौं । नेपाल ‘ए’ क्रिकेट टिमले पनि ओमान, स्कटल्यान्ड र अमेरिकासँग एकदिवसीय खेलहरू खेल्ने भएको छ ।

नेपालमा हुने लिग २ का आगामी दुई शृंखलाका क्रममा नेपालको ‘ए’ टोलीले पनि खेल्ने भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले मुलपानी क्रिकेट मैदानमा हुने खेलहरूको तालिका सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाल ‘ए’ ले तीनै टोलीसँग दुई–दुई खेल खेल्ने छ । तालिका अनुसार नेपाल ‘ए’ ले पहिलो दुई खेल ओमानसँग अप्रिल २२ र २४ मा खेल्नेछ। त्यसपछि मे ६ र ९ मा स्कटल्यान्ड तथा मे ७ र ११ मा अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ।

नेपाल ‘ए’ ले पछिल्लोपटक भारतमा गएर आसामसँग टी-२० शृंखला खेलेको थियो । यस शृंखलामा खेल्ने नेपाल ए को टोली भने घोषणा हुन बाँकी छ ।

लिग २ मा नेपालको पुरुष राष्ट्रिय क्रिकेट टिमले ओमान र यूएईसँग अप्रिल २५ लेखि मे ५ सम्म खेल्दैछ । त्यस्तै स्कटल्यान्ड र अमेरिकासँग मे १२ देखि २२ सम्म खेल्दै छ ।

नेपाल ए क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय