News Summary
Generated by OK AI. Editorially reviewed.- पर्सा-१ का सांसद हरि पन्तले निर्वाचन क्षेत्रमै निजी सचिवालय स्थापना गरेका छन्।
- सांसद पन्तले सचिवालय स्थापना गरेर निर्वाचन क्षेत्र बाहिर रहँदा नागरिकका समस्या सहजीकरण गर्ने बताए।
- उनले सरकारी कर्मचारीले सेवा दिन ढिला सुस्ती गरे सचिवालयमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ।
२७ चैत, वीरगञ्ज । पर्सा-१ का रास्वपाका सांसद हरि पन्तले निर्वाचन क्षेत्रमै निजी सचिवालय स्थापना गरेका छन् ।
सांसद पन्तले शुक्रबार वीरगञ्जमा निजी सचिवालय खोलेका हुन् ।
निजी सचिवालयको उद्घाटन गर्दै सांसाद पन्तले निर्वाचन क्षेत्र बाहिर रहँदा नागरिकमा पर्न सक्ने समस्या र गुनासाका सम्बन्धमा सहजीकरण गर्न सचिवालय स्थापना गरिएको बताए ।
चुनाव जितेपछि सांसदहरू राजधानीतिरै हराउने र जनताबाट टाढा हुँदै जाने प्रवृत्ति रोक्न सचिवालय स्थापना गरिएको उनको भनाइ छ ।
जनताले प्रत्यक्ष रूपमै परिवर्तनको अनुभूति हुने गरी काम गर्न सबै सरकारी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने काम भइसकेको भन्दै उनले बिना कारण सरकारी कर्मचारीले सेवा दिन ढिला सुस्ती गरे सचिवालयमा सम्पर्क गर्न समेत उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4