+
+
Shares

अब उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले तिरष्कार हुँदैन : रास्वपा सांसद वैदिक

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्व दिएको बताएका छन्।
  • वैदिकले गाउँगाउँमा रहेका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले देशको आर्थिक रुपान्तरण र सामाजिक न्यायमा ठूलो भुमिका खेल्ने बताए।
  • सरकारले व्यवसाय दर्ता र नविकरणमा कागजी प्रक्रिया सहज बनाउन खोजिरहेको र आगामी साताबाटै परिणाम देखिने उनले बताए।

२८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुशान्त वैदिकले नयाँ सरकारले जारी गरेको सय दिने कार्ययोजनामा उद्यमशीलताका विषयहरूलाई पर्याप्त महत्व दिएको बताएका छन् ।

रास्वपा नेतृत्वको नयाँ सरकारले सय दिने कार्ययोजना ल्याउँदा उद्यमशीलताका विषयहरू कतै पनि नछुटाएको उनको भनाइ छ ।

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा शनिबार राजधानीमा सम्वोधन गर्दै उनले देशको आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको आर्थिक उन्नति हासिल गर्न गाउँमा रहेका साना तथा लघु उद्यमीदेखि स्टार्टअपसम्मका उद्यमहरूले ठूलो भुमिका खेल्ने बताए ।

‘नयाँ सरकारले सय प्राथमिकता ल्याउँदा यसमा उद्यमशीलताका विषयहरू कतै पनि छुटाएको छैन । यथेष्ट रुपमा महत्वका साथ उद्यमशीलताले स्थान पाएको छ ।  हामीहरू के कुरामा स्पष्ट छौँ भने देशको आर्थिक रुपान्तरण गर्न देशमा सामाजिक न्याय सहितको आर्थिक उन्नती हासिल गर्न गाउँगाउँमा रहेको सानो लघु उद्यमीदेखि लिएर स्टार्टअपसम्मका उद्यमहरूले सबैभन्दा ठूलो भुमिका खेल्ने गरेको छ । सय दिने कार्यसूचीमा रास्वपाले व्यवसायदर्ता, नविकरणमा सहजीकरण गर्ने भनेको छ,’ सांसद वैदिकले भने ।

सरकारले गरिरहेका कामहरूको परिणाम आगामी साताबाटै देखिने उनको भनाइ  छ।

‘व्यवसायहरू स्थानीय तह, प्रदेश, कम्पनी कार्यालय जहाँ दर्ता हुन परेपनि कागजी प्रक्रियामा अल्झन नपरोस् भनेर हामीले कागजी प्रक्रियालाई सहज बनाउन खोजिरहेका छौँ । उद्यमी बन्ने सपनालाई कागजी प्रक्रियाले तिरष्कार अब गर्ने छैनन्,’ उनले भने ।

कार्यक्रममा सहभागीहरूले निजी क्षेत्र र उद्यमशीलतालाई राष्ट्रिय अर्थतन्त्रको मुख्य इन्जिनको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?