News Summary
Generated by OK AI. Editorially reviewed.- एरिका गुरुङले चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् ।
- एरिका गुरुङले फाइनलमा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धा गर्नेछिन् र फाइनल खेल भोलि हुनेछ ।
- एरिका गुरुङले समूह चरणमा लगातार तीन खेल जितेकी थिइन् ।
२८ चैत, काठमाडौं । एरिका गुरुङ चीनमा जारी कराते वान प्रिमियर लिगको फाइनलमा प्रवेश गरेकी छन् ।
सेमिफाइनलमा इटलीकी फेराकुट्टी क्लेअलाई ८-३ ले पराजित गर्दै एरिका फाइनलमा पुगेकी हुन् । एरिकाले अब उपाधिका लागि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग खेल्नेछिन् ।
फाइनल खेल भोलि हुनेछ । यसअघि टर्किएमा भएको कराते वान प्रिमियर लिगमा पनि एरिकाले फाइनलमा सोफियासँगै खेलेकी थिइन् । त्यसबेला एरिका पराजित भएकी थिइन् ।
क्वाटरफाइनलमा एरिकाले स्लोभाकियाकी मारिया जिबरेत जालालाई ८-० ले पराजित गरेकी थिइन् । त्यसअघि समूह चरणमा एरिकाले लगातार तीन खेल जितेकी थिइन् ।
मोन्टेनेग्रोकी जोमाना डामजानोभिचलाई २-० ले पराजित गर्दा दोस्रो खेलमा डब्लुकेएफकी मारिया मालाखाभालाई सेन्युको आधारमा पराजित गरिन् ।
मारियासँग १-१ को बराबरीपछि एरिका सेन्सुको आधारमा विजयी भएकी थिइन् । तेस्रो खेलमा जर्मनीकी जोहान्ना कानिरलाई २-१ ले पराजित गरेकी थिइन् ।
प्रशिक्षक कुशल श्रेष्ठले पहिलो र दोस्रो खेलभन्दा तेस्रो र चौथो राउन्डमा आएर अझ सुदृढ प्रदर्शन भएको उल्लेख गरे । ‘आजको ओभरअल गेम राम्रै भयो, रणनीतिक रूपमा तेस्रो र चौथो राउन्ड उसले निकै राम्रो खेल्यो, अबको हाम्रो टार्गेट गोल्ड मेडल हो ‘ उनले भने, ‘सोफिया हाम्रो लागि चिरपरिचित हो, यसपटक हराउँछौं ।’
तस्वीर : कुशल श्रेष्ठ
प्रतिक्रिया 4