+
+
Shares

जित–रेख साहित्य पुरस्कार वितरण

दुवै पुरस्कार मगर भाषाका आदिकविद्वय जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा सारू मगरको स्मृतिमा स्थापना गरिएको आयोजक जिबसीम साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते १८:२५

२८ चैत, काठमाडौं । जित–रेख मगर साहित्य पुरस्कार–२०८१ साहित्यकार उजिर राना मगरलाई प्रदान गरिएको छ । शनिबार ललितपुरमा आयोजित कार्यक्रममा ६० हजार रुपैयाँ राशीको पुरस्कार प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख इन्दिरा राना मगरले साहित्यकार मगरलाई अर्पण गरेकी हुन् ।

त्यस्तै, जित–रेख मगर साहित्य नवप्रतिभा पुरस्कार राकेश बिएम चिन्तनले प्राप्त गरे । यो पुरस्कारको राशी १५ हजार रुपैयाँ छ ।

दुवै पुरस्कार मगर भाषाका आदिकविद्वय जितबहादुर सिंजाली मगर र रेखबहादुर थापा सारू मगरको स्मृतिमा स्थापना गरिएको आयोजक जिबसीम साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगरले जानकारी दिए । पुरस्कार राशी बर्सेनि पाँच हजार बढाउँदै यसपटक ६० हजार रुपैयाँ पुर्‍याइएको लाफाले बताए ।

त्यसैगरी जयबहादुर हितान मगर स्मृति पुरस्कार–२०८१ नेपाल मगर संघका संस्थापक खगेन्द्र घर्तीले प्राप्त गरे । यो पुरस्कार संघका संस्थापक सचिव जयबहादुर हितान मगरको स्मृतिमा उनका परिवारले स्थापना गरेको हो ।

प्रमुख वक्ता प्राध्यापक अभि सुवेदीले मातृभाषा साहित्य लेखनको आवश्यकता बढ्दै गएको बताए ।

कार्यक्रममा पूर्व उपसभामुख मगर र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?