+
आईपीएल २०२६ :

सामसनको शतक, ओभरटनको ४ विकेटमा चेन्नईको पहिलो जित

२०८२ चैत  २८ गते २३:४६ २०८२ चैत २८ गते २३:४६
सामसनको शतक, ओभरटनको ४ विकेटमा चेन्नईको पहिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएर दिल्लीलाई २१३ रनको लक्ष्य दिएको छ।
  • ओपनर सन्जु सामसनले ५६ बलमा ११५ रन बनाएर नटआउट रहे भने आयुष म्हात्रेले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए।
  • चेन्नईले ४ खेलमा पहिलो जित निकालेको छ र २ अंक जोडेर १०औंबाट नवौं स्थानमा उक्लिएको छ।

२८ चैत, काठमाडौं । ओपनर सन्जु सामसनको शतक तथा पेस बलर जेमी ओभरटनको ४ विकेट मद्दतमा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा पहिलो जित हासिल गरेको छ ।

शनिबार घरेलु मैदानमा भएको खेलमा चेन्नईले दिल्लीमाथि २३ रनको जित हासिल गरेको हो । चेन्नईले दिएको २१३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो ।

दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ६० रन बनाए । पथुम निसान्काले ४१ रन बनाए । आशुतोष शर्माले १९, केएल राहुलले १८ तथा डेभिड मिलरले १७ रन बनाए ।

चेन्नईका लागि ओभरटनले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । अंशुल कम्बोजले ३ तथा खलील अहमद, गुर्जपनीत सिंह र नूर अहमदले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रनको योगफल बनाएको थियो । ओपनर सन्जु सामसनले शतक प्रहार गरे भने आयुष म्हात्रेले अर्धशतक बनाए ।

सामसनले ५६ बलमा १५ चौका र ४ छक्कासहित ११५ रन बनाएर नटआउट रहे । आयुषले ३६ बलमा ५९ रन बनाएर रिटायर्ड आउट भए । शिवम दुबे २० रनमा नटआउट रहे ।

दिल्लीका लागि कप्तान अक्षर पटेलले १ विकेट लिए ।

योसँगै ४ खेलमा पहिलो जित निकालेको चेन्नई २ अंक जोड्दै १०औंबाट नवौं स्थानमा उक्लिएको छ । ४ खेल खेल्दा लगातार दोस्रो हार बेहोरेको दिल्ली ४ अंकका साथ चौथो स्थानमा छ ।

आजै भएको पहिलो खेलमा पन्जाब किङ्सले सनराइजर्स हैदराबादलाई हराउँदै अपराजित यात्रा कायमै राखेको छ ।

आईपीएल क्रिकेट चेन्नई सुपर किङ्स दिल्ली क्यापिटल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय