+
+
Shares

धादिङको ज्वालामुखी बन्दैछ नेपालकै पहिलो स्वच्छ पालिका, सभामुखले घोषणा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते ८:११

२९ चैत, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल आज गृह जिल्ला धादिङ जादैछन् । सभामुख निर्वाचित भएपछि उनी पहिलोपटक गृहजिल्ला जान लागेका हुन् ।

अर्याल धादिङको ज्वालामुखी गाउँपालिका-३ अमराईका हुन् । तर, गत निर्वाचनमा काठमाडौं- ९ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

अर्याल आफ्नै पालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गर्न गृहजिल्ला जान लागेका हुन् ।

आज बराहकाली माध्यमिक विद्यालयमा एक कार्यक्रमका बीच ज्वालामुखी गाउँपालिकालाई नेपालकै पहिलो नमूना सफा तथा स्वच्छ गाउँपालिका घोषणा गरिँदैछ । सभामुख अर्यालकै प्रमुख आतिथ्यतामा यो कार्यक्रम हुन लागेको हो । उनले नै घोषणा गर्ने कार्यक्रम रहेकोछ ।

May be an image of text that says "红料 शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार समृद्ध ज्वालामूखीको मूल आधार "मिशन दुई हजार बयासी, सफा र स्वच्छ क्षेत्र ज्वालामूखी" ज्वालामूखी गाउँपालिका साँधभज्य्याड, धादिड नेपालके पहिलो नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा समारोह मिति: ನిಂತ್ चैत्र २१ गते आईंतबार स्थान: ज्वालामूरखी गा.पा.-४, बराहकालिका माध्यमिक विद्यालय प्राडण कोखदेखि शोकसम्म ज्वालामूखी सरकार"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?