News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले चालु आर्थिक वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ तोकेको छ।
- चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ।
- चैते धानमा १८ प्रतिशत चिस्यानसम्मको मूल्य समर्थन लागू हुनेछ र बढी चिस्यानमा तौल घटाएर भुक्तानी दिइने व्यवस्था छ।
२९ चैत, काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत वर्षको तुलनामा दुवै बालीको मूल्यमा वृद्धि गरेको हो।
मन्त्रालयको निर्णयअनुसार यस वर्ष गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९ सय ४५ रुपैयाँ कायम गरिएको छ, जुन गत वर्षभन्दा ७७ रुपैयाँ ६२ पैसाले बढी हो । त्यस्तै, चैते धानको मूल्य प्रतिक्विन्टल २ हजार ८ सय ५६ रुपैयाँ ४९ पैसा तोकिएको छ, जुन गत वर्षको तुलनामा ५५ रुपैयाँ ८ पैसाले बढी हो ।
गत वर्षमा गहुँको मूल्य ३ हजार ८ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्विन्टल र चैते धान २ हजार ८ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल थियो । मन्त्रालयका अनुसार चैते धानको यो समर्थन मूल्य १८ प्रतिशत चिस्यान भएको धानमा लागू हुनेछ । यदि धानमा चिस्यानको मात्रा १८ प्रतिशतभन्दा बढी पाइएमा प्रतिक्विन्टल १ किलो २ सय ग्रामका दरले तौल घटाएर भुक्तानी दिइने व्यवस्था गरिएको छ ।
किसानहरूलाई उत्पादनमा प्रोत्साहन गर्न र बजारमा उचित मूल्यको ग्यारेन्टी गर्न सरकारले हरेक वर्ष बाली लगाउनुअघि नै न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4