+
+
Shares

असन्तुष्ट पक्षलाई कांग्रेस महामन्त्री पौडेलले भने- अदालततिर होइन, महाधिवेशनतिर लागौं 

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पूर्वसंस्थापन पक्षधरलाई मुद्दा मामिला नभई महाधिवेशनको तयारीमा लाग्न आग्रह गर्नुभयो।
  • महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने र असन्तुष्टिको विषय महाधिवेशनमै लिएर जान आग्रह गर्नुभयो।
  • उहाँले 'यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो' भनी महाधिवेशनमा सहभागी भएर विषय राख्न सबैको हित रहेको बताउनुभयो।

२९ चैत, दाङ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिला नभई महाधिवेशनको तयारीमा लाग्न पूर्वसंस्थापन पक्षधरलाई आग्रह गरेका छन् ।

निर्वाचन समीक्षाका क्रममा दाङ पुगेका महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने भन्दै असन्तुष्टिको विषयलाई समेत महाधिवेशनमै लिएर जान आग्रह गरे ।

‘यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो,’ उनले भने,’ महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ । म साथीहरूलाई अदालततिर मुद्दामामिला हैन महाधिवेशनमै ध्यान केन्द्रित गर्न आग्रह गर्छु ।’

महामन्त्री पौडेलले महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै यसैले कांग्रेसमा नयाँ ऊर्जा र गति दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?