+

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

२०८२ चैत  २९ गते १९:४२ २०८२ चैत २९ गते १९:४२
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिपमा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन् ।
  • महिलातर्फ आर्मीले एपीएफलाई २२–१२ ले पराजित गर्दै उपाधि जित्यो भने पुरुषतर्फ एपीएफले आर्मीलाई १०–५ ले हराउँदै च्याम्पियन बनेको छ ।
  • प्रतियोगितामा १४ टोली सहभागी थिए र विजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

२९ चैत, काठमाडौं । राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा महिलातर्फ आर्मीले एपीएफलाई २२–१२ ले पराजित गर्दै उपाधि जित्यो । पुरुषतर्फ एपीएफले आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो।

यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ गण्डकीले कर्णाली प्रदेशलाई १२–७ ले हरायो । महिलातर्फ बागमतीले कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो ।

व्यक्तिगततर्फ पुरुषमा एपीएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे । महिलातर्फ आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ र ट्रफी हात पारिन् ।

सेमिफाइनलमा पुरुषतर्फ आर्मीले कोशी प्रदेशलाई ४१–५ को फराकिलो अन्तरले हराएको थियो भने एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

महिलातर्फ एपीएफले बागमती प्रदेशलाई र आर्मीले कर्णाली प्रदेशलाई हराउँदै उपाधि भिडन्त तय गरेका थिए ।

प्रतियोगितामा विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो ।

समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निवर्तमान सदस्य सचिव तथा एसिया रग्बी संघका उपाध्यक्ष टंकलाल घिसिङलगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय