+
+
Shares

सुनचाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १०:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ।
  • सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ।
  • चाँदीको भाउ पनि सोमबार प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।

३० चैत, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

समग्रमा विगत एक सातामा सुनको भाउ ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?