+

कृतिशले नवप्रवेशी थिम्पु एफसीबाट भुटानको लिग खेल्ने

२०८२ चैत  ३० गते ११:५८ २०८२ चैत ३० गते ११:५८
कृतिशले नवप्रवेशी थिम्पु एफसीबाट भुटानको लिग खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर कृतिशरत्न छुन्जुले भुटान प्रिमियर लिगको थिम्पु एफसीसँग अनुबन्ध गरेका छन्।
  • थिम्पु एफसीले सोमबार कृतिशलाई भुटानमा स्वागत गरेको भिडियो पोस्ट गरेको छ।
  • कृतिशले भुटानमा खेल्न उत्साहित रहेको र जित्नकै लागि खेल्ने बताए।

३० चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर कृतिशरत्न छुन्जुले भुटान प्रिमियर लिग खेल्ने भएका छन् ।

भुटान प्रिमियर लिगको नयाँ टोली थिम्पु एफसीले नयाँ सिजनका लागि नेपालका कृतिशलाई अनुबन्ध गरेको छ । भुटान प्रिमियर लिगको क्वालिफायर्सबाट छनोट भएको थिम्पु एफसीले सोमबार कृतिशलाई भुटानमा स्वागत गरेको भिडियो पोस्ट गरेको छ ।

भुटानमा खेल्न आफू उत्साहित रहेको र जित्नकै लागि खेल्ने कृतिशले बताएका छन् । उनले टिमसँग राम्रो कम्बिनेसन मिलाएर खेल्ने बताए ।

२३ वर्षीय अट्याकिङ मिडफिल्डर कृतिशले केही समय स्थगित भएको राष्ट्रिय लिग फुटबलमा न्युरोड टिम (एनआरटी) बाट खेलेका थिए । सुरुमा अन्जन विष्ट अनुपस्थित हुँदा कृतिशले एनआरटीको कप्तानी समेत गरेका थिए ।

नेपालको उमेर समूह हुँदै राष्ट्रिय टिमसम्म पुगेका कृतिशले नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीको मार्की खेलाडी बनेका थिए ।

कृतिशले गत जुनमा एएफसी उसियन कप छनोटमा लाओस विरुद्ध खेल्दै नेपालको लागि डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट ४ खेल खेलेका छन् ।

उनले उमेर समूहमा साफ यू-२० च्याम्पियनसिप, एएफसी यू-२० एसियन कप छनोट र एएफसी यू-२३ एसियन कप छनोट पनि खेलेका छन् ।

कृतिश रत्न छुन्जु थिम्पु एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय