+
+
Shares

संसद् भवन निर्माणमा ९४ प्रतिशत प्रगति, छिटो सक्न सभामुखको ताकेता

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ३० गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ संसद् भवनको निर्माणमा ९४ प्रतिशत प्रगति भएको छ र सभामुख डोलप्रसाद अर्यालले छिटो सक्न निर्देशन दिएका छन्।
  • २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा संसद् भवन निर्माण सम्झौता भएको थियो।
  • भवनको इन्टेरियर ठेक्का २ अर्ब ३४ करोड रुपैयाँमा केसी श्यामसुन्दर बाँनिया जेभीले र छाना निर्माण ३ करोड ८० लाख रुपैयाँमा चेनलिंक इन्जिनियरिङले पाएको छ।

३० चैत, काठमाडौं । सिंहदरबार स्थित नयाँ संसद् भवनको निर्माणमा ९४ प्रतिशत प्रगति भएको पाइएको छ । छिटो सक्नसभामुख डोलप्रसाद (डीपी) अर्यालले ताकेता गरेका छन् ।

सभामुखको सचिवालयले प्रेस नोटमार्फत सभामुख अर्यालले संसद भवन निर्माण कार्यप्रति चासो व्यक्त गरेको जानकारी दिएको छ

सोमबार शहरी विकास मन्त्रालयका कर्मचारी तथा निर्माण कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै सभामुख अर्यालले तोकिएको समयमा भवन निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।

छलफलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रतिनिधि सभा उपसभामुख माननीय रुबीकुमारी र राष्ट्रिय सभा उपाध्यक्ष लिलाकुमारी भण्डारीको समेत उपस्थिति रहेको थियो ।

संसद् भवन निर्माणका लागि २०७६ साल असोज १८ गते तुन्डी शेख जेभीसँग ७ अर्ब ९४ करोड रुपैयाँमा सम्झौता भएको थियो ।

प्रारम्भमा तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हालसम्म छ पटक समय थप भइसकेको छ । पछिल्लो सम्झौताअनुसार आगामी जेठ ९ गतेभित्र निर्माण सम्पन्न गर्ने भनिएको छ ।

हालसम्म भवनको करिब ९४ प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

भवनको इन्टेरियर ठेक्का केसी श्यामसुन्दर बाँनिया जेभीले २ अर्ब ३४ करोड रुपैयाँमा लिएको छ भने छाना निर्माणका लागि चेनलिंक इन्जिनियरिङले ३ करोड ८० लाख रुपैयाँमा ठेक्का प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?