News Summary
Generated by OK AI. Editorially reviewed.- 'क्वीन मेरी युनिभर्सिटी अफ लन्डन' का अनुसन्धानकर्ताहरूले वर्षमा दुई पटक मात्र सुई लगाएर उच्च रक्तचाप नियन्त्रण गर्न सकिने नयाँ औषधि 'जिल्बेसिरन' परीक्षण गरेका छन्।
- 'कार्डिया-२' अध्ययनमा ६६३ जना वयस्कहरू सहभागी थिए र यस औषधिले सामान्य औषधिसँगै रक्तचापमा उल्लेख्य गिरावट ल्याएको पाइएको छ।
- यो औषधिले शरीरमा 'एन्जियोटेन्सिनोजेन' प्रोटिनको उत्पादन रोक्छ र ६ महिनामा एक पटक मात्र भ्याक्सिन लगाउँदा दीर्घकालीन प्रभाव देखिन्छ भने दोस्रो चरणको परीक्षण जारी छ।
३० चैत, काठमाडौं । उच्च रक्तचापका बिरामीहरूका लागि अब दैनिक रूपमा औषधि खाइरहनुपर्ने झन्झट अन्त्य हुन सक्ने देखिएको छ।
‘क्वीन मेरी युनिभर्सिटी अफ लन्डन’ का अनुसन्धानकर्ताहरूको नेतृत्वमा गरिएको एक विश्वव्यापी परीक्षणले वर्षमा दुई पटक मात्र सुई लगाएर रक्तचाप नियन्त्रण गर्न सकिने नयाँ तथ्य सार्वजनिक गरेको छ।
‘जिल्बेसिरन’ नामको यो प्रयोगात्मक औषधिले ती बिरामीहरूमा राम्रो नतिजा देखाएको छ, जसको रक्तचाप साधारण औषधिले नियन्त्रण हुन सकिरहेको थिएन।
यो औषधिले कलेजोमा हुने एक विशेष प्रोटिनलाई रोक्ने काम गर्छ, जसका कारण रक्तनलीहरू खुल्छन् र रक्तचाप कम हुन्छ।
‘कार्डिया-२’ नामको यस अध्ययनमा ६६३ जना वयस्कहरू सहभागी थिए। सामान्य औषधिसँगै यो सुई लगाउँदा रक्तचापमा उल्लेख्य गिरावट आएको पाइएको छ।
यो उपचारको सबैभन्दा ठूलो विशेषता यसको दीर्घकालीन प्रभाव हो। ६ महिनामा एक पटक मात्र भ्याक्सिन लगाउँदा पुग्ने भएकाले बिरामीहरूलाई औषधि खान भुल्ने समस्याबाट मुक्ति मिल्नेछ।
यो औषधिले शरीरमा ‘एन्जियोटेन्सिनोजेन’ नामक प्रोटिनको उत्पादन रोक्छ, जुन रक्तचाप बढाउन जिम्मेवार हुन्छ।
हाल यसको दोस्रो चरणको परीक्षण भइरहेको छ र यसले हृदयघात तथा स्ट्रोकको जोखिम कति कम गर्छ भन्नेबारे थप अध्ययनहरू यसै वर्ष सुरु हुनेछन्।
यस अध्ययनका वरिष्ठ लेखक तथा रक्तचाप विशेषज्ञ डा. मनिष सक्सेनाले यस उपचार विधिलाई गेम-चेन्जर मानेका छन्।
उनी भन्छन्, “उच्च रक्तचाप विश्वव्यापी स्वास्थ्य समस्या हो र यसलाई नियन्त्रण गर्ने दर निकै कम छ। यो नयाँ उपचार पद्धतिले विश्वका लाखौँ मानिसहरूलाई आफ्नो स्वास्थ्य राम्रोसँग व्यवस्थापन गर्न मद्दत गर्नेछ।”
प्रतिक्रिया 4