+
+
Shares
राष्ट्रिय प्रतिवद्धता :

‘दलित समुदायलाई अतिरिक्त विशेष सुविधा उपलब्ध गराइने’

दलित समुदायलाई सरकारले समावेशीकरणका अतिरिक्त विशेष सुविधा उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १६:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले दलित समुदायलाई समानुपातिक समावेशीकरणका अतिरिक्त विशेष सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
  • सरकारले दलित समुदायको उत्थान र संवैधानिक तथा राज्य संरचनामा समानुपातिक सहभागिता सुनिश्चित गरिने बताएको छ।
  • महिला, मधेशी, थारु, मुस्लिम र आदिवासी जनजाति समुदायका लागि पनि प्राथमिकताका कार्यक्रम ल्याइने प्रतिबद्धता गरिएको छ।

१ वैशाख, काठमाडौं । दलित समुदायलाई सरकारले समावेशीकरणका अतिरिक्त विशेष सुविधा उपलब्ध गराउने सरकारले प्रतिबद्धता जनाएको छ ।

‘दलित समुदायलाई समानुपातिक समावेशीकरणका अतिरिक्त विशेष सुविधा उपलब्ध गराइनेछ,’ आज सार्वजनिक राष्ट्रिय प्रतिबद्धतामा सरकारले भनेको छ । यसअघि सार्वजनिक सरकारका सय कार्यसूचीमार्फत दलित समुदायसँगले माफी मागेको थियो ।

राष्ट्रिय प्रतिबद्धतामा अतिरिक्त सुविधाको प्रतिबद्धता गरिएको छ । ‘दलित समुदायको उत्थान र मुल प्रवाहीकरणका साथै संवैधानिक र राज्यका अन्य संरचनामा समावेशी समानुपातिक सहभागिता सुनिश्चित गरिनेछ,’ सरकारले प्रतिबद्धता जनाएको छ ।

सामाजिक समावेशीता कायम गर्न महिला, मधेशी, थारु, मुस्लिम, आदिवासी जनजाति समुदायबारे पनि प्राथमिकताका कार्यक्रमहरु ल्याइने प्रतिबद्धता सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?