News Summary
Generated by OK AI. Editorially reviewed.- जीवनमा उदय र अस्तको लिलाले सोचेको भन्दा विपरीत सवक दिने रहेछ र तासको महल जस्तै छरपस्ट पार्ने रहेछ।
- नेपाली जनताले सुशासन, शान्ति र समृद्धि ल्याउन पालैपालो मौका दिने र समाजले मानिसको प्रोफाइल, नियत र कर्मको जाँच गर्ने रहेछ।
- जनताले सुसासन, जवाफदेहिता र पारदर्शिता आए भ्रष्टाचार निर्मूल हुने अपेक्षा राखेको र सत्कर्मले जनमतको बाचाँ पुरा गर्ने हेर्न बाँकी रहेछ।
उदय र अस्त को लिलाले, जीवनमा,सोचेको भन्दा विपरीत सवक दिने रहेछ
त्यसैले मै हुँ भन्ने लाई पनि थाहै नदिई,तासको महल जस्तै,छरपस्ट पार्ने रहेछ
बामे सर्न सुरु नगर्दै,म,हामी दौडिन सुरु गरेकाे गफ हाँक्ने,आदत हाम्रो रहेछ
त्यसैले त बजारमा टिकिरहन समयको रफ्तार अनुसार,मर्मत सम्भार गर्नुपर्ने रहेछ ।
विशुद्ध नियत राख्ने र सर्वज्ञानी मानिसहरु,संसारमै न्युन पाइँदो रहेछ
आसे-पासे, ल्याइते-ब्याइते र बिच बाटोमा ठोक्किने ले झनै बढी घाइते पार्दो रहेछ
म, हामीलाई स्वच्छ र निष्पक्ष लागेको अन्य लाई भ्रष्ट र बिचौलिया लाग्ने रहेछ
मौका आउने र जाने हुँदा कार्यन्वयन नगर्नाले, हरेक मानिस तड्पिदो रहेछ ।
नेपालीहरु त सार्है आक्रोशित र छिट्टै मथ्थर हुने स्वभावमा रमाउने बानी, परेको रहेछ
जनताले त देशमा सुशासन र शान्ति र समृद्धि ल्याउ भनि,पालैपालो मौका दिने रहेछ
मानिसको प्रोफाइल,नियत र कर्मको जाँचकि समाज र जनता हुदो रहेछ
समयको सुनामी सँगै सम्हालिन नसक्नेहरू,तहस-नहस भई यत्रतत्र पछारिने रहेछ ।
सफल,धनी र परिचित बन्ने रहर, हरेक मानिसको हृदयमा पलाउदो रहेछ
त्यसैले त संसारमै धेरै मानिस सुरक्षित बस्ने र कमै ब्यक्ति शिखरमा पुग्ने जोखिम लिने रहेछ
बेसक्याम्पमा बस्नेहरू लाई त तयारी उत्तर “भए पास नभए अभ्यास” भन्ने चलन रहेछ
चुचुरोमा अडिग हुने रहर,सबैलाई हुदाँ पनि,टिकिरहन त आफुलाई प्रमाणित गर्नु पर्ने रहेछ ।
पद,पैसा,पावर र आत्मिय मित्रको अनुरोध ले हरेक व्यक्तिको मानसपटल,खलबलिने रहेछ
चाँडै सुखी बन्ने लक्ष्य र क्षणिक स्वार्थमा स्खलित हुदा,बलियो जग भासिने रहेछ
यदि समय राम्रो छ भने,दुई वटा फर्मुला वा नाराले,भुषको आगो जस्तै फैलाउदो रहेछ
मात्र बालेन सरकार र चुपचाप घण्टी छापले,अदृश्य बालेन जी लाई प्रस्फुटित गर्देकै रहेछ ।
कौतुहलता हो बालेन जी, अहिले जनताले जान्न,बुझ्न र दृश्य परिणाम खोजिरहेको छ
अब त सुसासन,जवाफदेहिता र पारदर्शिता आई भष्ट्राचार निर्मुल हुन्छ,भन्दै छ
जनताले देशको स्थिति,मनस्थिति र परिस्थिति अनुरुप,पूर्ण रूपमा बहुमत दियको छ
सत्कर्मले जनमतको बाचाँ पुरा गर्ने कि,इच्छुमतिमा बिलिन हुने,त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया 4