+
+
Shares

सुकेपोखरीमा नयाँ वर्ष (तस्वीरहरू)

नयाँ वर्षमा धेरै चहलपहल भएकोमध्येको पाँचथरको एक ठाउँ हो सुकेपोखरी क्षेत्र ।

गिरिराज बाँस्कोटा गिरिराज बाँस्कोटा
२०८३ वैशाख १ गते १८:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नयाँ वर्ष २०८३ को पहिलो दिन पाँचथरको सुकेपोखरी क्षेत्रमा धेरै मानिसले शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरूमा सहभागी भएका छन्।
  • सुकेपोखरीमा नयाँ वर्षको अवसरमा फुटबल प्रतियोगिता र मेला आयोजना गरिएको छ र इलाम–पाँचथरबाट आन्तरिक पर्यटकहरू आएका छन्।
  • मेची राजमार्गका पौवाभञ्ज्याङदेखि उकालो लागेका सवारी साधन र पैदलयात्रीको भीडले नयाँ वर्षको चहलपहल देखिएको छ।

१ वैशाख,  पाँचथर । नयाँ वर्ष २०८३ सालको पहिलो दिन आज सुकेपोखरी क्षेत्रमा शुभकामना आदानप्रदान गर्दै मनाइरहेका छन् । कोही यहाँको विभिन्न प्राकृतिक सुन्दरतासँगै रमिरहेका छन् । कोही चौरी महोत्सव पुगे भने कोही नजिकका ठाउँहरूमा रमाइरहेका थिए ।

नयाँ वर्षमा धेरै चहलपहल भएकोमध्येको पाँचथरको एक ठाउँ हो सुकेपोखरी क्षेत्र । मेची राजमार्गका पौवाभञ्ज्याङदेखि उकालो लागेका गाडी, बाइकलगायत सवारी साधनको भिड थियो । पैदलयात्री उत्तिकै थिए ।

सुकेपोखरी गुराँस फूलेर सुन्दरदेखिएको छ । नयाँ बर्षको अवसरमा फुटबल प्रतियोगिता र मेला लागेको छ । इलाम–पाँचथरबाट उलेख्य संख्यामा सुकेपोखरीमा आन्तरीक पर्यटक पुगेका थिए । यहाँ आइपुगेकाहरु लोहाकील, पाटेनागी पनि पुगेर रमाइरहेका छन् ।

लेखक
गिरिराज बाँस्कोटा

बाँस्कोटा अनलाइनखबरका पाँचथर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?