+
+
Shares

आशिष स्मृति पत्रकारिता पुरस्कार-२०८३ अनलाइनखबरकर्मी सुदीपलाई

आशिष स्मृति पत्रकारिता पुरस्कार २०८३ अनलाइनखबरकर्मी सुदीप श्रेष्ठलाई प्रदान गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १ गते १८:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पत्रकार महासंघ इलाम शाखाले आशिष स्मृति पत्रकारिता पुरस्कार २०८३ अनलाइनखबरकर्मी सुदीप श्रेष्ठलाई प्रदान गरेको छ।
  • श्रेष्ठले सम्मान पत्र र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
  • इलाम शाखाले क्रियाशील महिला पत्रकारीता पुरस्कार बुद्ध सोङ्मीलाई प्रदान गरेको छ।

१ वैशाख, इलाम । आशिष स्मृति पत्रकारिता पुरस्कार २०८३ अनलाइनखबरकर्मी सुदीप श्रेष्ठलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ इलाम शाखाले आज उक्त पुरस्कार प्रदान गरेको हो ।

जिल्ला समन्वय समिति अध्यक्ष जयप्रकाश राई, इलाम नगरपालिकाका प्रमुख केदार थापा र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मान गरे । श्रेष्ठले सम्मान पत्र र नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाईंले निरन्तर सक्रियता, समर्पण, सफल सम्पादकीय नेतृत्व निर्वाह गरेकोले उक्त पुरस्कार श्रेष्ठलाई प्रदान गरिएको बताए ।

२०६० सालदेखि पत्रकारितामा सक्रिय रहेका श्रेष्ठले इलामबाट प्रकाशन हुने आँखा साप्ताहिकबाट आफ्नो पत्रकारिता सुरुवात गरेका थिए ।

उनले सप्तकोशी एफएम, रेडियो नेपालवाणी एफएम, सगरमाथा टेलिभिजन, उद्घोष दैनिक र इलाम एक्सप्रेस दैनिक लगायतका सञ्चारमाध्यममा सम्वाददाता र कार्यक्रम सञ्चालकको रुपमा काम गरे ।

सन्दकपुर दैनिकमा कार्यकारी सम्पादक, पूर्वमेची साप्ताहिकमा सम्पादक, चियाबारी दैनिक तथा इलामग्रीनमा प्रधान सम्पादकको रूपमा श्रेष्ठले काम गरिसकेका छन् । हाल उनी अनलाइनखबरका इलाम संवाददाताका रूपमा कार्यरत छन् ।

रेडियो नेपालका तत्कालीन इलाम समाचारदाता आशिष राईको ०५९ साल वैशाख १ गते इलामको माइखोलामा पौडी खेल्ने क्रममा डुबेर निधन भएको थियो । उनै आशिषको स्मृतिमा प्रत्येक नयाँ वर्षका दिन मेची क्षेत्रको पत्रकारीतामा महत्वपूर्ण योगदान पुर्‍याउने पत्रकारलाई पत्रकार महासंघ इलाम शाखाले यो पुरस्कारले पुरस्कृत गर्दै आएको छ ।

यसअघि उक्त पुरस्कारबाट इलामका पत्रकारहरू बेनुपराज भट्टराई, राजु शिवा, भीम चापागाईं, तोयानाथ भट्टराई, राजकुमार दाहाल, युवराज गौतम, गोविन्द लामिछाने, कोकिला ढकाल, नमीन ढकाल, गणेश घिमिरे, सुमन लावती, भगीरथ भण्डारी, टीका खतिवडा, विक्रम सुन्दास र किरण पौडेल सम्मानित भइसकेका छन् ।

त्यस्तै पाँचथरका गणेश साङ्पाङ, झापाका मोहन काजी र रमेश समदर्शी तथा ताप्लेजुङका आनन्द गौतम, सीता निरौला र चन्द्र पन्दाक पनि उक्त पुरस्कारबाट सम्मानित भइसकेका छन् ।

यसैगरि इलाम शाखाले इलामका क्रियाशील महिला पत्रकारीता पुरस्कार बुद्ध सोङ्मीलाई प्रदान गरेको छ । इलाममा सक्रिय पत्रकारीता गर्ने महिलाहरु मध्ये एक जनालाई महासंघले प्रत्यक वर्ष पुरस्कृत गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?