१ वैशाख, काठमाडौं । भारतको छत्तीसगढको एक ऊर्जा केन्द्रमा विस्फोट हुँदा ९ मजदुरको ज्यान गएको छ । मंगलबार दिउँसो छत्तीसगढको शक्ति जिल्लास्थित वेदान्त पावर प्लान्टमा विस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा ठूलै संख्यामा थप मजदुर घाइते भएको बताइएको छ ।
स्थानीय प्रहरी अधिकारीका अनुसार चार मजदुरको घटनास्थलमै मृत्यु हुँदा पाँच जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार पावर प्लान्टमा सामान्य काम चलिरहँदा स्थानीय समयअनुसार दिउँसो २ बजे अकस्मात् बोयलरमा विस्फोट भएको थियो । ट्युब फाटेका कारण उक्त विस्फोट भएको बताइएको छ ।
घाइतेको संख्या ३० देखि ४० को बीचमा रहेको बताइएको छ । उनीहरू पनि गम्भीर रूपमा जलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचारमा आएको छ । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया 4