+

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, कोलकाता अझै जितविहीन

२०८३ वैशाख  १ गते २३:४६ २०८३ वैशाख १ गते २३:४६
आईपीएलमा चेन्नईको लगातार दोस्रो जित, कोलकाता अझै जितविहीन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चेन्नई सुपर किङ्सले आईपीएलमा लगातार दोस्रो जित हासिल गर्दै कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको छ।
  • चेन्नईले १९२ रन बनाएपछि कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो।
  • चेन्नईका नूर अहमदले ३ विकेट लिए भने कोलकाताका रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाए।

१ वैशाख, काठमाडौं । चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित हासिल गरेको छ भने कोलकाता नाइट राइडर्सले चौथो हार बेहोर्दै खराब यात्रा जारी राखेको छ ।

मंगलबार चेन्नईमा भएको खेलमा चेन्नईले कोलकातालाई ३२ रनले पराजित गरेको हो । चेन्नईले दिएको १९३ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनायो ।

कोलकाताका लागि रमनदीप सिंहले सर्वाधिक ३५ रन बनाए । रोभमन पावेलले ३१, अजिन्क्या रहानेले २८, अंगकृश रघुवंशीले २७ तथा सुनिल नराइनले २४ रन बनाए ।

चेन्नईकका लागि नूर अहमदले ४ ओभरमा २१ रन दिएर ३ विकेट लिए । अंशुल कम्बोजले २ विकेट लिए भने खलील अहमद र अकिल होसेनले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १९२ रन बनाएको थियो । सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए भने डेवाल्ड ब्रेभिसले ४१, आयुष म्हात्रेले ३८ रन बनाए । सरफराज खानले २३ रन बनाए ।

कोलकाताका लागि कार्तिक त्यागीले २ विकेट लिँदा वैभव अरोरा, अनुकुल रोय र सुनिल नराइनले १-१ विकेट लिए ।

प्रतियोगितामा दोस्रो जित हासिल गरेको चेन्नई ५ खेलमा ४ अंकसहित आठौं स्थानमा उक्लिएको छ । हालसम्म जितविहीन नै रहेको कोलकाता भने ५ खेलमा १ अंकसहित पुछारमा छ ।

आईपीएल २०२६ कोलकाता नाइट राइडर्स चेन्नई सुपर किङ्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय