News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले मन्त्री बन्न नपाएको झोकमा २ वैशाख २०७९ मा प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्।
- कुँवरले राजीनामा पत्रमा आममतदाता र शुभचिन्तकप्रति कृतज्ञता व्यक्त गर्दै पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी भएको उल्लेख गरेका छन्।
- उनी कुनै सार्वजनिक पदमा नरहे पनि जनताको सेवामा कमी नआउने प्रतिबद्धता व्यक्त गर्दै दलका नेता र मिडियालाई धन्यवाद दिएका छन्।
२ वैशाख, काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिएका छन् ।
आजको मितिदेखि लागु हुने गरी कुँवरले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन् ।
गण्डकीमा आज मन्त्रिमण्डल पुनर्गठन गरिएको छ । पुनर्गठित मन्त्रिमण्डलमा उनी मन्त्री हुन चाहन्थे । तर मन्त्री बन्न नपाएको झोकमा उनले राजीनामा दिएका हुन् ।
‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आममतदाता, शुभचिन्तक शुभेच्छुक जनमा कोटीको६ नमनसहित कृतज्ञता व्यक्त गर्दछु । आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु,’ कुँवरले दिएको राजीनामा पत्रमा उल्लेख छ ।
आफू कुनै सार्वजनिक पदमा नरहेता पनि जनताको सेवामा कुनै कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘यस कार्यकालमा मलाई अवसर दिनु भएकोमा दलका नेता, प्रदेश सभा सदस्य, समिति, राष्ट्र सेवक करम्चारी र मेरो पार्टी नेपाली कांग्रेस लगायत मिडिया सबै जनमा कोटीकोटी नमन व्यक्त गर्दछु । गण्डकी प्रदेश सभा र गण्डकी प्रदेश सरकारको पूर्ण कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ राजीनामा पत्रमा कुँवरले लेखेका छन् ।
हेर्नुहोस् राजीनामा :

प्रतिक्रिया 4