+

विश्व कराते वरियतामा फड्को मार्दै एरिका नवाैं स्थानमा

२०८३ वैशाख  २ गते १८:१७ २०८३ वैशाख २ गते १८:१७
विश्व कराते वरियतामा फड्को मार्दै एरिका नवाैं स्थानमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कराते स्टार एरिका गुरुङले डब्लुकेएफ कराते वान प्रिमियर लिगमा लगातार दोस्रो रजत पदक जितेपछि महिला ६८ केजीमाथि तौल समूहमा नवाैं स्थानमा उक्लिएकी छिन्।
  • एरिकाले २०८२ चैतमा चीनको लेशानमा भएको प्रतियोगितामा कजाखस्तानकी सोफिया बेरुत्सेभासँग २-१ ले पराजित भई रजत पदक जितेकी हुन्।
  • सन् २०२३ को १९औं एसियन गेम्समा रजत पदक जितेपछि एरिकाले विश्वभरि अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्दै नेपाली करातेमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छिन्।

२ वैशाख, काठमाडौं । डब्लुकेएफ कराते वान प्रिमियर लिगमा लगातार दोस्रो रजत पदक जित्दै इतिहास रचेकी नेपाली कराते स्टार एरिका गुरुङले डब्लुकेएफ वरियतामा पनि फेरि फड्को मारेकी छिन् ।

डब्लुकेएफको पछिल्लो अपडेट वरियता अनुसार महिला ६८ केजीमाथि तौल समूहमा फड्को एरिका नवाैं स्थानमा उक्लेकी छिन् ।  एरिकाले २०८२ चैत अन्तिमा चीनको लेशानमा भएको पछिल्लो कराते वान प्रिमियर लिगमा रजत पदक जितेपछि वरियतामा सुधार गरेकी हुन् ।

एरिकाले लगातार फाइनलमा स्थान बनाउँदै स्वर्ण नजिक पुगेपनि कजाखस्तानकी सोफिया बेरुत्सेभासँग प्रतिस्पर्धात्मक खेलमा २-१ ले पराजित भएपछि यस पटक पनि रजत जितेकी हुन् ।

यसअघि गत माघमा टर्किएमा भएको कराते वान प्रिमियर लिगमा ऐतिहासिक रजत जितेपछि एरिका १३औं स्थानमा उक्लेकी थिइन् ।

अन्तर्राष्ट्रिय करातेमा पछिल्लो समय एरिका गुरुङले लगातार उत्कृष्ट प्रदर्शन गर्दै ठूलो उपलब्धि हासिल गरेकी छिन् । नेपाली करातेमा यो ऐतिहासिक उपलब्धि हो ।

यस्तै २०२६ को कराते वान प्रिमियर लिगमा भने एरिका समग्रमा दोस्रो वरियतामा छन् । पहिलो स्थानमा सोफिया छिन् ।

सन् २०२३ मा चीनको हान्झाउमा भएको १९अाैं एसियन गेम्समा रजत जितेर उदायकी एरिकाले त्यसयता नियमित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै महत्वपूर्ण पदकहरु जित्दै आएकी छिन् ।

एरिकाले पहिलो पटक कराते वान प्रिमियर लिग २०२५ मा मोरोक्कोमा खेलेकी थिईन् । त्यसबेला एरिकाले कांस्य जितेकी थिइन् ।

एरिकाले विश्व च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेकी छिन् । यसबाहेक उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्दै पदक जितेकी छन् ।

एरिकाले अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरुमा विश्वकै शीर्ष वरियताका खेलाडीहरुसँग लगातार खेल्दै आएकी छिन् भने शीर्ष वरियताका खेलाडीहरुलाई समेत पराजित गरिसकेकी छिन् ।

सन् २०२३ मा चीनको हान्झाउमा भएको १९औं एसियन गेम्समा ६८ केजी तौल समूहमाथि रजत पदक जितेपछि नेपाली करातेमा एरिकाको चर्चा हुन थालेको थियो । त्यसअघि नै उनले विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

तर हान्झाउको रजतपछि उनको असली चर्चा सुरु भएको थियो । यस्तै हान्झाउमै भएको एसियन कराते च्याम्पियनसिपमा पनि उनले रजत पदक जितेकी थिइन् ।

एरिका गुरुङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय