+
+
Shares

जेनजी आन्दोलन प्रतिवेदन : सुरक्षा संयन्त्रबारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २ गते १९:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे बनेको कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सुरक्षा संयन्त्र अध्ययन गर्न तीन सदस्यीय समिति बनाएको छ।
  • मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरीका पूर्वप्रहरी सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी टेक प्रसाद राई सदस्य रहेको समिति गठन गरेको छ।
  • सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले उक्त निर्णयको जानकारी दिएका छन्।

२ वैशाख, काठमाडौं । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे सुरक्षा संयन्त्रको हकमा अध्ययन गर्न समिति बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति बनाउने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

‘२०८२ भदौ २३ र २४ गते घटेको घटना जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन कार्यान्वयनको सन्दर्भमा सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरीका बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई सदस्य रहेको समिति गठन गर्ने,’ निर्णयमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?