+
आईपीएल २०२६ :

लखनउलाई हराउँदै बेंगलुरु शीर्षस्थानमा उक्लियो

२०८३ वैशाख  २ गते २३:२२ २०८३ वैशाख २ गते २३:२२
लखनउलाई हराउँदै बेंगलुरु शीर्षस्थानमा उक्लियो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोयल च्यालेन्जर्स बेंगलुरुले आईपीएल २०२६ मा लखनउलाई ५ विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ।
  • लखनउले दिएको १४७ रनको लक्ष्य बेंगलुरुले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो।
  • बेंगलुरुका विराट कोहलीले सर्वाधिक ४९ रन बनाए भने रशिक सलामले ४ विकेट लिए।

२ वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ ।

बुधबार घरेलु मैदान चिन्नास्वामी रंगशालामा भएको खेलमा बेंगलुरुले लखनउलाई ५ विकेटले पराजित गरेको हो ।

लखनउले दिएको १४७ रनको लक्ष्य बेंगलुरुले १५.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर विराट कोहलीले सर्वाधिक ४९ रन बनाए ।

लखनउका प्रिन्स यादवले ३ विकेट लिँदा आवेश खानले २ विकेट लिए । रजत पाटिदारले २७ तथा जितेश शर्माले २३ रन बनाए । रोमारियो शेपहर्ड र टिम डेभिड १४ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा अलआउट हुँदै १४६ रन बनायो । मिचेल मार्शले सर्वाधिक ४० रन बनाए । मुकुल चौधरीले ३९ तथा आयुष बदोनीले ३८ रन बनाए ।

बेंगलुरुका लागि रशिक सलामले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिए । क्रुनाल पान्ड्याले २ तथा जोश हेजलवुडले १ विकेट लिए ।

जितसँगै ५ खेलमा चौथो जितसहित ८ अंक जोडेको बेंगलुरु शीर्षमा उक्लिएको हो । राजस्थानको पनि समान खेलमा ८ अंक छ तर आरसिबी नेट रन रेटमा अघि छ ।

समान खेलबाट ४ अंक मात्र भएको लखनउ सातौं स्थानमा छ । लखनउले आज तेस्रो हार बेहोरेको हो ।

आईपीएल क्रिकेट रोयल च्यालेन्जर्स बेंगलुरु लखनउ सुपर जायन्ट्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय