News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बास्केटबल संघले नयाँ खेलाडी उत्पादनका लागि १३औं ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने जनाएको छ ।
- ट्यालेन्ट हन्ट कार्यक्रममा एसईई परीक्षादेखि विद्यार्थीहरूलाई लक्षित गरी उत्कृष्ट १२ खेलाडीलाई कक्षा ११ र १२ का लागि स्कलरसिप प्रदान गरिनेछ ।
- नेबाले बास्केटबलमै करियर बनाउन चाहने र राष्ट्रको प्रतिनिधित्व गर्न चाहने युवाहरूलाई लक्षित गर्दै स्कुलस्तरदेखि खेलाडी उत्पादन गर्ने योजना अघि बढाएको छ ।
३ वैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले नयाँ बास्केटबल खेलाडी उत्पादन गर्ने लक्ष्यसहित ट्यालेन्ट हन्ट कार्यक्रम आयोजना गर्ने भएको छ ।
नेबाले सोमबार सूचना जारी गर्दै एसईई परिक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागेको जनाएको हो । नेबाका अनुसार यो १३औं ट्यालेन्ट हन्ट कार्यक्रम हो ।
ट्यालेन्ट हन्ट कार्यक्रम १९ अप्रिल देखि २० मे सम्म (वैशाख ६ देखि जेठ ६ गते) सम्म सञ्चालन हुने नेबाका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए । ‘हामीले स्कुल स्थरदेखि नै राम्रा खेलाडी उत्पादन गर्ने योजनासहित ट्यालेन्ट हन्ट कार्यक्रम गर्दैछौं’ उनले भनेका छन् ।
ट्यालेन्ट हन्ट कार्यक्रमपछि उत्कृष्ट खेलाडीहरूलाई स्कलरसिप प्रदान गरिने नेबाले जनाएको छ । ब्वाइज ६ र गर्ल्स ६ गरी कूल १२ खेलाडीलाई उत्कृष्ट कलेजहरुमा कक्षा ११ र १२ अध्ययनका लागि स्कलरसिप प्रदान गरिने नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।
‘एक महिनासम्म सञ्चालन हुने ट्यालेन्ट हन्ट कार्यक्रमबाट उत्कृष्ट १२ खेलाडी गरी रेपुटेड कलेजमा अध्ययनका लागि स्कलरुिप व्यवस्था गर्नेछाैं’ उनले भने ।
गत वर्ष पनि नेबाले १२ जनाको लागि स्कलरसिपको व्यवस्था गरेको गुरुङले जानकारी दिए ।
बास्केटबलमै करियर बनाउन चाहने र भविष्यमा यस खेलबाट राष्ट्रको प्रतिनिधित्व गर्न चाहने युवाहरूलाई लक्षित गर्दै ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागिएको नेबाले जनाएको छ ।

प्रतिक्रिया 4