News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले सिक्किम प्रिमियर लिगको टोली थन्डरबोल्ट नर्थ युनाइटेडसँग अनुबन्ध गरेका छन्।
- नेपालमा राष्ट्रिय लिग नभएको कारण अञ्जन विष्ट सिक्किममा खेल्न लागेका हुन् र उनले सामाजिक सञ्जालमा 'उही मैदान, उही सपना तर फरक अन्त्य आउँदै छ' लेखेका छन्।
- अञ्जनले भारतको आई लिग र बंगलादेशको लिगमा पनि खेलिसकेका छन् र नेपालमा एनआरटीबाट खेल्दै आएका थिए।
३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले सिक्किम प्रिमियर लिग फुटबल खेल्ने भएका छन् ।
उनलाई लिगको टोली थन्डरबोल्ट नर्थ युनाइटेडले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।
नेपालमा राष्ट्रिय लिगसहितका फुटबल गतिविधि नभएपछि उनी सिक्किममा खेल्न लागेका हुन् । घरेलु फुटबलमा उनी एनआरटीबाट खेल्दै आएका थिए ।
अञ्जनले पनि सामाजिक सञ्जालमा खेल्न उत्साहित रहेको उल्लेख गरेका छन् । ‘उही मैदान, उही सपना तर फरक अन्त्य आउँदै छ’ उनले लेखेका छन् ।
यसअघि अञ्जनले भारतको आई लिग तथा बंगलादेशको लिग पनि खेलिसकेका छन् ।
प्रतिक्रिया 4