+
+
Shares

कांग्रेसले लेखा समिति सभापति उम्मेदवार भरत खड्कालाई बनाउने

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १४:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले डोटीबाट निर्वाचित सांसद भरत खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
  • आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ र दलहरूले सभापतिको उम्मेदवार चयन गरिरहेका छन्।

३ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसले भरत खड्कालाई उम्मेदवार बनाउने भएको छ ।

डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखासमितिको सभापतिको उम्मेदवार बनाउने निर्णय भएको हो । आज संसदीय समितिका सभापतिहरूको मनोनयन तालिका छ । त्यसअघि दलहरूले सभापतिको उम्मेदवार चयन गरिरहेका छन् । सत्तारुढ दल रास्वपाले पनि सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय गरेको थियो ।

यसअघि आज बसेको बैठकमा कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठकमा कांग्रेस सांसद मोहन आचार्यलाई लेखा समितिको सभापति बनाउने प्रस्ताव गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?