+
+
Shares

हर्क साम्पाङको फेसबुक बन्द, खुलाउने प्रयास हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १९:०७

३ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ) को फेसबुक बन्द भएको छ ।

अत्यधिक धेरै रिपोर्ट भएपछि बिहीबारबाट उनको फेसबुक बन्द भएको हो ।

फेसबुकले लगाएको सामाजिक मापदण्ड विपरीत क्रियाकलाप भएको भन्दै उनीविरुद्ध रिपोर्ट परेपछि फेसबुक बन्द भएको हो ।

‘कम्युनिटि भायलेन्स भनेर उहाँ (हर्क साम्पाङ) नखुल्ने भएको छ । कसैले रिपोर्ट गरेर यस्तो भएको हो,’ साम्पाङका आईटी विज्ञ करुण राईले भने ।

उनका अनुसार, फेसबुक खुलाउने प्रयास भइरहेको छ ।

साम्पाङले आजै विमानस्थल अवतरण गरेपछि स्टाटस लेखेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नासाथ ‘यलम्बर विमानस्थलमा अवरण गरेको’ भन्दै लेखेका थिए ।

सामाजिक सञ्जालमार्फत हरेकजसो गतिविधि उनले साझा गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?