News Summary
Generated by OK AI. Editorially reviewed.- फूलहरूले किराफट्याङ्ग्रा र चराचुरुङ्गीलाई खाना, आकर्षण र सुरक्षित वातावरण उपलब्ध गराउँछन्।
- फूलप्रति मानिस र चराहरूको आकर्षण मानवीय स्वभाव र प्राकृतिक आवश्यकता हो।
३ वैशाख, काठमाडौं । विभिन्न प्रजातिका रंगीचंगी फूलप्रति मानिसहरू आकर्षित हुन्छन् । फूलको सौन्दर्यले मानव जातिलाई मोहित नै बनाउँछ । फूलप्रति आकर्षित हुनु मानवीय स्वभाव नै हो ।
रंगीचंगी फूलहरूले मानिसलाई मात्रै होइन, किराफट्याङ्ग्रादेखि लिएर चराचुरुङ्गी समेतलाई पनि आकर्षण गर्छ । फूलप्रति चराचुरुङ्गी आकर्षित हुनुका विविध कारण छन् ।
फूल चराहरूका लागि खाना, आकर्षण र सुरक्षित वातावरणको संयोजन हो । जसका कारण उनीहरू स्वाभाविक रूपमा फूलहरूप्रति मोहित हुन्छन् ।
देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिखेर रंगीचंगी फूलहरू ढकमक्क फुलेको देख्न सकिन्छ ।
सिंहदरबार भित्रका रंगीचंगी फूलहरूले वरिपरि आफ्नो बासस्थान बनाएका भँगेरा, जुरेली, सारौं लगायतका चराहरूलाई स्वागत गरिरहेको आभास हुन्छ । रंगीचंगी फूलहरूमा चराहरू स्वतन्त्र ढंगले भुर्रभुर्र गरी आनन्द लिइरहेको, रमाइरहेको देख्न सकिन्छ ।



प्रतिक्रिया 4