News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ।
- चाँदीको भाउ पनि १२० रुपैयाँ घटेर प्रतितोला ५ हजार १३० रुपैयाँ पुगेको छ।
- अघिल्लो दिन सुनको भाउ ३ लाख २ हजार ८ सय र चाँदीको भाउ ५ हजार २५० रुपैयाँ थियो।
४ वैशाख, काठमाडौं । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँ र चाँदी १२० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो । गत शुक्रबार चाँदी ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4