+
+
Shares

बढेको सेयर बजारमा घट्यो कारोबार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १५:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शुक्रबार नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८ अंकमा पुगेको छ।
  • नेप्से बढ्दा पनि १५० कम्पनीको मूल्य घटेको र १०८ कम्पनीको मूल्य बढेको छ।
  • उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशतले बढेको छ।

३ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५.३६ अंक बढेको छ ।

सामान्य अंकको सो वृद्धिसँगै नेप्से २८३८ अंकमा कायम भएको छ । दिउँसो १२ : २२ बजे नेप्से २८०९ अंकसम्म झरे पनि त्यसपछि सामान्य उतारचढाव हुँदै अन्तिम समयसम्म उकालो लाग्यो ।

अघिल्लो दिन नेप्से ३३ अंक घटेको थियो । आज कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो ।

नेप्से बढे पनि धेरैजसो कम्पनीको मूल्य घटेको छ । १०८ कम्पनीको मूल्य बढ्दा १५० को घट्यो भने १२ को स्थिर रह्यो । औसतमा ठूलो पूँजी भएका कम्पनीहरूको मूल्य बढ्दा धेरैजसो कम्पनीको मूल्य घटे पनि नेप्से बढेको हो ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशत बढेको छ । यस समूहमा थपिएका नयाँ कम्पनीको मूल्य बढेकाले समग्र समूहगत सूचकमा प्रभाव परेको हो ।

त्यस्तै होटल तथा पर्यटन १.३८, हाइड्रोपावर ०.६७, अन्य ०.५६, तथा व्यापार ०.०३ प्रतिशत बढे । घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.२७, विकास बैंक ०.३८, फाइनान्स ०.३४, लगानी ०.१६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३३ र निर्जीवन बीमा ०.५३ प्रतिशत घटे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर छन् । त्यस्तै कालिका पावरको ८.३३, रिलायन्स स्पिनिङ मिल्किो ६.४८ तथा सोलु हाइड्रोपावरको ४.५४ प्रतिशत मूल्य बढ्यो ।

एसियन हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.५४ प्रतिशत घट्यो । सुपरखुदी हाइड्रोको ४.४०, तथा इमर्जिङ नेपालको सेयर मूल्य ३.५९ प्रतिशत घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा नेसनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?