+
+
Shares

काठमाडौंबाट ३०९ बिचौलिया पक्राउ

सरकारी तथा सार्वजनिक कार्यालयहरु तथा ठाउँहरुमा सर्वसाधारण र सेव्राग्राहीलाई दुख हैरानी दिएको आरोपमा ३०९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं जिल्लाका विभिन्न कार्यालय आसपासबाट ३०९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
  • पक्राउ परेकामाथि ६१ थान मुद्दा दर्ता गरिएको छ जसमा दुख हैरानी, गुण्डागर्दी र यौनजन्य कार्यसमेत छन्।
  • प्रहरीले बिचौलिया मुक्त कार्यालय बनाउने उद्देश्यसहित अपरेशन चलाइरहेको छ।

४ वैशाख, काठमाडौं । सरकारी तथा सार्वजनिक कार्यालयहरु तथा ठाउँहरुमा सर्वसाधारण र सेव्राग्राहीलाई दुख हैरानी दिएको आरोपमा ३०९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न मितिमा काठमाडौं जिल्लाका विभिन्न कार्यालय आसपासबाट ३०९ बिचौलियाहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

बिचौलिया मुक्त कार्यालय बनाउने उदेश्यसहित अहिले प्रहरीले बिचौलियाविरुद्ध अपरेशन चलाइरहेको छ । सो क्रममा काठमाडौंबाट विभिन्न मितिमा ३०९ जनालाई पक्राउ गरिएको हो ।

३०९ जनाविरुद्ध ६१ थान मुद्दा चलाइएको छ । जसमा बिचौलियादेखि दु:ख हैरानी दिने, गुण्डागर्दी र यौनजन्य कार्य समेतका मुद्दा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?