News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी परिसर काठमाडौंले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा संलग्न ३५० जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेकामध्ये २०४ जनालाई आपराधिक उपद्रव, ५१ जनालाई हातहियारको कसुरमा राखिएको छ।
- ११६ जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको र ११ जनालाई धरौटीमा रिहा गरिएको छ।
४ वैशाख, काठमाडौं । गत भदौमा २३ र २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड, आगजनी र हत्यालगायतका घटनामा संलग्न भएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३५० जनालाई पक्राउ गरेको छ ।
जसमा २३ गतेको घटनामा संलग्न भएको आरोपमा तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि तत्कालीन गृहमन्त्री रमेश लेखकको विवरण समेत उल्लेख छ ।
उनीहरुसहित ३५० जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरीले बताएको छ । जसमा आपराधिक उपद्रवमा सबैभन्दा बढी २०४ जना पक्राउ परेका छन् । हातहियारको कसुरमा ५१ जना पक्राउ परेका छन् । चोरीको कसुरमा १७, आपराधिक उपद्रव र चोरीमा २९, कर्तव्य ज्यानको कसुरमा १८, अभद्रमा २३, ज्यान मार्ने उद्योगमा ४, डाँका चोरीमा २ जना पक्राउ परेका छन् ।
जसमध्ये ११६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । ११ जना भने धरौटीमा रिहा भएका छन् । ११९ जना हाजिरी जमानीमा छुटेका छन् ।
३ जनालाई मुद्दा नचल्ने निर्णय भएको छ । १ जनाको मुद्दा फैसला भएको छ भने ७ जना साधारण तारेखमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भ्टराईले बताए ।
प्रतिक्रिया 4