News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंमा बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै १ लाख ३० हजार रुपैयाँ लिने दीपक भनिने विश्वराम अधिकारी पक्राउ परेका छन्।
- प्रहरी वृत्त बालाजुले उनलाई पक्राउ गरी ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद लिएर अनुसन्धान अघि बढाएको छ।
- प्रतिवादी ध्रुव विक्रम मल्ल रहेको बैंकिङ कसुरको मुद्दा मिलाइदिने भन्दै उनी रकम लिएको पाइएको छ।
४ वैशाख, काठमाडौं । प्रहरीमा दर्ता भएको बैंकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै रकम लिने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं बनस्थली बस्ने ५२ वर्षीय दीपक भनिने विश्वराम अधिकारी छन् । उनलाई प्रहरी वृत्त बालाजुले पक्राउ गरेको हो ।
प्रतिवादी ध्रुव विक्रम मल्ल रहेको बैंकिङ कसुरको मुद्दा प्रहरीबाट मिलाइदिने भन्दै उनले १ लाख ३० हजार रुपैयाँ बुझेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनुकमार भट्टराईले बताए ।
पक्राउ परेका उनीविरुद्ध ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4