+
+
Shares

वित्तीय साक्षरता अभियन्ता कोइराला अमेरिकाको विस्कन्सिन गभर्नरबाट पुरस्कृत

अमेरिकाको विस्कन्सिनका गभर्नर टोनी एभर्सले सन् २०२५ को गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड कोइरालालाई प्रदान गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते १९:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वित्तीय सक्षरता अभियन्ता प्रकाश कोइरालाले सन् २०२५ को गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड पाएका छन्।
  • अमेरिकाको विस्कन्सिनका गभर्नर टोनी एभर्सले कोइरालालाई व्यक्तिगत तर्फ वित्तीय साक्षरतामा योगदानका कारण अवार्ड प्रदान गर्नुभएको हो।
  • अवार्ड कार्यक्रममा गभर्नर एभर्सले वित्तीय शिक्षाले व्यक्तिलाई लक्ष्य हासिल गर्न र आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक उपकरण प्रदान गर्ने बताउनुभयो।

४ वैशाख, काठमाडौं । वित्तीय सक्षरता अभियन्ता प्रकाश कोइरालाले ‘गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड’ पाएका छन् ।

अमेरिकाको विस्कन्सिनका गभर्नर टोनी एभर्सले सन् २०२५ को गभर्नर फाइनान्सियल लिटरेसी अवार्ड कोइरालालाई प्रदान गरेका हुन् ।

उक्त अवार्ड १० व्यक्ति र ११ संस्थाले पाएका छन् । उनीहरूलाई वित्तीय साक्षरता, आर्थिक क्षमता अभिवृद्धि र वित्तीय समावेशीकरणमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै विस्कन्सिन राज्यले पुरस्कृत गरेको जनाइएको छ ।

कोइराले व्यक्तिगत तर्फबाट वित्तीय साक्षरतामा पुर्‍याएको योगदानका कारण अवार्ड पाएका हुन् । क्यानडाको कामलुम्पसमा रहेर पनि विस्कन्सिन राज्यको आर्थिक चेतना र वित्तीय साक्षरताका क्षेत्रमा उनले पुर्‍याएको प्रभावकारी कार्यको कदर गर्दै गभर्नर एभर्सले अवार्ड प्रदान गरेका हुन् ।

अवार्ड कार्यक्रममा गभर्नर एभर्सले वित्तीय शिक्षाले व्यक्तिलाई आफ्नो लक्ष्य हासिल गर्न, नयाँ अवसर सिर्जना गर्न र परिवारको आर्थिक सुरक्षा सुनिश्चित गर्न आवश्यक उपकरण प्रदान गर्ने बताए । पुरस्कृत व्यक्ति र संस्थाले विस्कन्सिनका वासिन्दालाई आर्थिक रूपमा थप सुरक्षित र भविष्यका लागि तयार बनाउने काम अतिआवश्यक रहेको उनको भनाइ छ ।

यस वर्षको पुरस्कार वितरणलाई तीन श्रेणीमा विभाजन गरिएको थियो । व्यक्तिगततर्फ प्रकाश कोइराला सहित १० जना सम्मानित भएका छन् । संस्थागततर्फ ११ सामुदायिक र वित्तीय संस्था सम्मानित भएका छन् ।

त्यसैगरी  जीवनभरि वित्तीय साक्षरताका क्षेत्रमा दिगो योगदान पुर्‍याउने संस्था वा व्यक्तिलाई दिइने पुरस्कार यस वर्ष ७ संस्था र व्यक्तिलाई प्रदान गरिएको विस्कन्सिन राज्यले जनाएको छ ।

विजेता छनोट ‘गभर्नर्स काउन्सिल अन फाइनान्सियल लिटरेसी एन्ड क्यापाबिलिटी’ ले गरेको हो । पछिल्लो दुई वर्षमा लागु गरिएका नवप्रवर्तनात्मक वित्तीय कार्यक्रम, मापनयोग्य नतिजा, साझेदारी र कार्यक्रम प्रभावकारिता मुख्य आधार बनाएर विजेता छनोट गरिएको थियो ।

विस्कन्सिन राज्यको वित्तीय संस्थाहरूको विभागले यस सम्मानले राज्यभरि वित्तीय साक्षरता अभियानलाई थप ऊर्जा प्रदान गर्ने र नागरिकलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?