+

आईपीएलमा गुजरातको तेस्रो जित, कोलकाता अझै जितविहीन

२०८३ वैशाख  ४ गते २३:४४ २०८३ वैशाख ४ गते २३:४४
आईपीएलमा गुजरातको तेस्रो जित, कोलकाता अझै जितविहीन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुजरात टाइटन्सले आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गर्दै तेस्रो जित हासिल गरेको छ ।
  • कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टाएको हो ।
  • गुजरात ६ खेलमा ६ अंकसहित चौथो स्थानमा उक्लिएको छ भने कोलकाता १ अंकसहित १०औं स्थानमा छ ।

४ वैशाख, काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित हासिल गरेको छ । शुक्रबार राति सम्पन्न खेलमा गुजरातले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको हो ।

कोलकाताले दिएको १८१ रनको लक्ष्य गुजरातले २ बल बाँकी छँदा ५ विकेटको क्षतिमा भेट्टायो । कप्तान शुभमन गिलले सर्वाधिक ८६ रन बनाए । ५० बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । जस बट्लरले २५ तथा साइ सुदर्शनले २३ रन बनाए । ग्लेन फिलिप्सले १९ रन बनाए ।

कोलकाताका लागि वरुण चक्रवर्तीले २ विकेट लिँदा वैभव अरोरा, सुनिल नराइन र रमनदीप सिंहले १-१ विकेट लिए ।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको कोलकाताले २० ओभरमा अलआउट हुँदै १८० रन बनाएको थियो । क्यामरन ग्रीनले सर्वाधिक ७९ रन बनाए । रोभमन पावेलले २७ रन बनाए । टिम सेफर्टले १९ रन बनाए ।

गुजरातका कगिसो रबाडाले ३ विकेट लिए भने मोहम्मद सिराज र अशोक शर्माले २-२ विकेट लिँदा प्रसिध कृष्णा र राशिद खानले १-१ विकेट लिए ।

योसँगै ६ खेलमा तेस्रो जित हासिल गरेको गुजरात ६ अंकका साथ चौथो स्थानमा उक्लिएको छ भने ६ खेलमा अझै जितविहीन कोलकाता १ अंकसहित १०औं स्थानमा छ ।

आईपीएल क्रिकेट कोलकाता नाइट राइडर्स गुजरात टाइटन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय