+
+
Shares

सर्वोच्चको निर्णयपछि कांग्रेस नेता पूर्णबहादुर खड्का आन्तरिक परामर्शमा

स्रोतका अनुसार आइतबारसम्म खड्काको औपचारिक धारणा सार्वजनिक हुने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ५ गते १२:४७

५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का आन्तरिक परामर्शमा जुटेका छन् । सर्वोच्च अदालतले पार्टीको आधिकारिता सम्बन्धी दायर रिट खारेज गरेपछि उनी निकटस्थ नेताहरूसँग आन्तरिक परामर्शमा जुटेका हुन् ।

काठमाडौं गोल्फुटारस्थित निवासमा नेता खड्का शनिबार बिहानैदेखि आन्तरिक छलफलमा रहेका उनीनिकट नेताहरूले जानकारी दिएका छन् । खड्का निवासमै रहेका एक स्रोतले छलफलका लागि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की पनि पुगेका छन् ।

स्रोतका अनुसार खड्का निवासमा निवर्तमान केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, गुरुराज बराल, नैनसिंह महर, कुन्दनराज काफ्ले, उर्मिला थपलियालगायतका नेताहरू पनि छन् ।

नेता खड्काले आफूनिकट नेताहरूसँग परामर्श गरेर अदालतको निर्णयपछि आफूले लिने आगामी मार्गबारे वक्तव्यमार्फत् औपचारिक जानकारी सार्वजनिक गर्ने तयारी गरेका छन् ।

स्रोतका अनुसार आइतबारसम्म खड्काको औपचारिक धारणा सार्वजनिक हुने छ । नेता खड्काले पार्टीका शीर्ष नेताहरूसँग पनि अनौपचारिक छलफलको तयारी गरेका छन् ।

उनीनिकट स्रोतले नियमित महाधिवेशनको पक्षमा उभिएका शीर्ष नेताहरूसँग छलफलको तयारी भए पनि समय तय हुन बाँकी रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?