+
+
Shares

सामाजिक सञ्जालमा भ्रम फैलाएर विकास हुँदैन : राज्यमन्त्री खड्का

‘हामी प्रदेशमा कुनै पनि खालको अनियमितता हुन दिन्नौं । यदि कसैले योजना बेचेको सूचना पाउनु भयो भने कृपया जुनसुकै माध्यमबाट पनि हामीलाई खबर गर्नुहोला’

रामहरि ओझा रामहरि ओझा
२०८३ वैशाख ५ गते २१:२१

५ वैशाख, डोटी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले विकासका नाममा सामाजिक सञ्जालबाट भ्रम फैलाएर विकास नहुने बताएकी छन् । १६ औं डोटी जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन समारोहमा बोल्दै राज्यमन्त्री खड्काले प्रदेशको समग्र विकासमा प्रदेश सरकार इमानदार भएर काम गरिरहेको दाबी गरिन् ।

‘हामी प्रदेशको विकासका लागि अहोरात्र खटेका छौं । तर सोचे अनुसारको विकास अझै हुनसकेको छैन,’ राज्यमन्त्री खड्काले भनिन्, ‘तर सामाजिक सञ्जालबाट भ्रम फैलाएर विकास हुने पनि होइन् ।’

विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य र समन्वय हुनु जरुरी रहेको पनि उनले बताइन् ।

अहिलेको प्रदेश सरकारले पूर्ववर्ती सरकारहरूका राम्रा कामको निरन्तरता र कमीकमजोरी हटाएर काम गरिरहेको पनि उनको दाबी छ । ‘हामी प्रदेशमा कुनै पनि खालको अनियमितता हुन दिन्नौं । यदि कसैले योजना बेचेको सूचना पाउनु भयो भने कृपया जुनसुकै माध्यमबाट पनि हामीलाई खबर गर्नुहोला,’ उनले भनिन् ।

युवाहरूमाझ आश्वासन बाँडेर अहिले संघमा नयाँ जनादेशअनुसार सरकार बनेको बताउँदै उनले चुनावका बेला दिएका आश्वासन पूरा हुन्छन् कि हुन्नन् हेर्नुपर्ने बताइन् ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?