News Summary
Generated by OK AI. Editorially reviewed.- रुबिना क्षेत्रीले ४ विकेट लिएपछि नेपालले रुवान्डामा भएको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफ्रीमा इटालीलाई ५० रनले पराजित गरेको छ।
- नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ११२ रन बनाएको थियो र उपकप्तान पुजा महतोले अविजित ४८ रन बनाइन्।
- इटली १८.४ ओभरमा ६२ रनमा अलआउट भयो र रुबिनाले २.४ ओभरमा ४ रन खर्चेर ४ विकेट लिएर प्लेअर अफ दि म्याच घोषित भएकी छिन्।
६ वैशाख, काठमाडौं । रुबिना क्षेत्रीले ४ विकेट लिएपछि रुवान्डामा भइरहेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफ्रीमा नेपालले आइतबार इटालीलाई ५० रनले पराजित गरेको छ ।
प्रतियोगितामा नेपालको यो पहिलो जित हो । यसअघि शनिबार भएको खेलमा नेपाल अमेरिकासँग पराजित भएको थियो ।
किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । उपकप्तान पुजा महतोले अविजित ४८ रन बनाइन् ।
सम्झना खड्काले १६, बिन्दु रावलले १५ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
इटालीका लागि इमिलिया बार्ट्रमले ३ विकेट लिइन् भने कुमुदु पेड्रिक, एलेक्सिया कोन्टोपिराकिस, इलेना सिम्स, पसन्दी कानाकेगे र थिलिनी फर्नान्डोले १-१ विकेट लिए ।
११३ रनको लक्ष्य पछ्याएको इटली १८.४ ओभरमा ६२ रनमा अलआउट भयो । इटलीका लागि चथुरिका महामालागेले सर्वाधिक २२ रन बनाइन् ।
इटालीलाई अलआउट गर्न नेपालकी रुबिनाले २.४ ओभरमा ४ रन मात्र खर्चेर ४ विकेट लिइन् । रुबिना प्लेअर अफ दि म्याच घोषित भइन् ।
कविता कुँवरले २ तथा मनिषा उपाध्याय, रिया शर्मा र रचना चौधरीले १-१ विकेट लिए ।
प्रतिक्रिया 4