+
इंग्लिस प्रिमियर लिग :

आर्सनलमाथि सिटीको जितपछि घट्यो अंकदूरी, रोचक बन्दै उपाधि होड

२०८३ वैशाख  ६ गते २३:२५ २०८३ वैशाख ६ गते २३:२५
आर्सनलमाथि सिटीको जितपछि घट्यो अंकदूरी, रोचक बन्दै उपाधि होड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले आर्सनललाई २–१ ले पराजित गर्दै अंकदूरी घटाएको छ।
  • सिटीका लागि रियान चेर्की र एर्लिङ हालान्डले गोल गरे भने आर्सनलका लागि काई हाभर्ट्जले गोल फर्काए।
  • सिटीले बर्नलीविरुद्धको खेल दुई गोलले जितेमा शीर्षस्थानमा उक्लिन सक्छ।

६ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ । आइतबार रातिको खेलमा दोस्रो स्थानको म्यान्चेस्टर सिटीले शीर्षस्थानको आर्सनललाई २–१ ले पराजित गर्दै अंकदूरी घटाएको छ ।

घरेलु मैदानमा सिटीका लागि रियान चेर्कीले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटपछि काई हाभर्ट्जले आर्सनलका लागि बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ को बराबरीमा सकिएको थियो ।

दोस्रो हाफमा एर्लिङ हालान्डले ६५औं मिनेटमा निर्णायक गोल गरे । त्यसपछि कुनै गोल हुन सकेन र आर्सनलले अंकदूरी बढाउने अवसर गुमाएको हो ।

आर्सनलले जित हासिल गरेको भए आर्सनल ९ अंकले अगाडि पुग्ने थियो । हाल सिटीको ३२ खेलबाट ६७ अंक पुगेको छ भने आर्सनलको ३३ खेलबाट ७० अंक छ ।

डबल गेमविकमा खेलिरहेको सिटीले अब बर्नलीविरुद्धको खेल दुई गोलको अन्तरले जितेमा शीर्षस्थानमा उक्लिन सक्छ ।

आर्सनल इंग्लिस प्रिमियर लिग म्यान्चेस्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय