+
+
WC Series
Nepal
92/5 (14.5)
VS
UAE
0/0
Shares

रास्वपा संघीय नेतृत्व मञ्चमा ६ सदस्य मनोनीत

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ७ गते १७:२३

७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले ६ जना सदस्य मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिए ।

उनका अनुसार तुलसी प्रसाद चौधरी, राम सिह थारू, जीवन धामी, प्रेमा चौधरी, नवराज राना र एकराज चौधरी मञ्चमा मनोनीत भएका छन् ।

यसअघि उज्यालो पार्टीबाट आएका र पछि फेरि कुलमान घिसिले पार्टी छाडेपछि रास्वपामै बसेका सदस्यहरूलाई पनि यो मञ्चमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?