News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि निक्षेप राख्ने निर्णय गरेको छ।
- निक्षेप रकम वाणिज्य बैंकमा ८ अर्ब, विकास बैंकमा एक अर्ब ५० करोड र फाइनान्स कम्पनीमा ५० करोड रहनेछ र ब्याजदर त्रैमासिक भुक्तानी गरिनेछ।
- निक्षेप लिने बैंक तथा वित्तीय संस्थाले २ वर्ष सञ्चालन पूरा गरेको, न्यूनतम पूँजीकोष पुगेको र खराब कर्जा ८ प्रतिशतभन्दा कम हुनुपर्ने शर्त राखिएको छ।
७ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १० अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थामा निक्षेप राख्ने भएको छ । केन्द्रीय बैंकले एक वर्ष अवधिका लागि उक्त निक्षेप बैंक तथा वित्तीय संस्थामा राख्न लागेको हो ।
बैंक तथा वित्तीय संस्थाले लिन चाहेको निक्षेप रकम र दिने ब्याजदर तोकेर केन्द्रीय बैंकमा आवेदन दिनुपर्ने छ । त्यसका लागि बैंक तथा वित्तीय संस्थाले बुधबारसम्म केन्द्रीय बैंकमा आवेदन बुझाइ सक्नुपर्ने छ ।
केन्द्रीय बैंकले ३६६ दिनसम्मका लागि राख्न लागेको उक्त रकम मध्ये वाणिज्य बैंकमा ८ अर्ब, राष्ट्रियस्तरका विकास बैंकमा एक अर्ब ५० करोड र राष्ट्रियस्तरका फाइनान्स कम्पनीमा ५० करोड रहने छ । निक्षेपको ब्याजदर बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा भुक्तानी दिनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।
त्यसका लागि केन्द्रीय बैंकले शर्त पनि राखेको छ । केन्द्रीय बैंकले राख्न खोजेको निक्षेप लिने बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्छ । त्यसैगरी न्यूनतम पूँजीकोष तोकिएको सीमामा रहेको, कुल खराब कर्जा ८ र खुद खराब कर्जा ३ प्रतिशतभन्दा धेरै नभएको हुनुपर्ने लगायत शर्त केन्द्रीय बैंकले राखेको छ ।
प्रतिक्रिया 4