+
+
Shares

वित्तीय क्षेत्रको कर्जा लगानी सवा २ खर्ब 

कोरोना महामारी र आर्थिक मन्दीका कारण लामो समय सुस्त रहेको अर्थतन्त्रले चालु आर्थिक वर्षमा सुस्त भए पनि गति लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चालु आव माघसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशतले बढेर ५७ खर्ब १९ अर्ब ५४ करोड पुगेको छ।
  • २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ ६२.६ प्रतिशत र व्यक्तिगत क्षेत्रतर्फ ३७.४ प्रतिशत रहेको छ।
  • चालु आव सात महिनामा उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशत र निर्माण क्षेत्रको कर्जा ८.७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।

२७ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जा मागमा आएको सुधारले आर्थिक गतिविधि सुध्रिएको देखाएको छ ।

प्रतिनिधिसभा निर्वाचनका कारण पनि आर्थिक गतिविधि बढ्न मद्दत पुगेको हो ।

कोरोना महामारी र आर्थिक मन्दीका कारण लामो समय सुस्त रहेको अर्थतन्त्रले चालु आर्थिक वर्षमा सुस्त भए पनि गति लिएको छ ।

केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा बढ्नु, अर्थतन्त्रको वाह्य क्षेत्रमा उच्च सुधार रहनु तथा निवार्चनले आर्थिक गतिविधि बढाउने केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव माघसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४ प्रतिशत अर्थात् २ खर्ब २१ अर्ब ८४ करोडले बढी ५७ खर्ब १९ अर्ब ५४ करोड पुगेको छ ।

गत आव सोही अवधिमा यस्तो कर्जा ५.६ प्रतिशत अर्थात् २ खर्ब ८३ अर्ब ४६ करोड बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.८ प्रतिशत बढेको छ ।

तर, चालु आव पुसको तुलनामा निजी क्षेत्रतर्फको कर्जा बढेको केन्द्रीय बैंकले जनाएको छ । पुसमा ३.६ प्रतिशत बढेको निजी क्षेत्रतर्फको कर्जा माघमा ४ प्रतिशत पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.६ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.४ प्रतिशत छ । गत आव सोही अवधिमा यस्तो अंश क्रमश: ६३.८ प्रतिशत र ३६.२ प्रतिशत थियो ।

चालु आव माघसम्म निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको ४.२ प्रतिशत, विकास बैंक ३ र वित्त कम्पनीको कर्जा प्रवाह १.८ प्रतिशत बढेको छ ।

२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु) सुरक्षणमा १५ प्रतिशत छ भने घरजग्गा धितो सुरक्षणमा ६३.८ प्रतिशत छ । २०८१ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १४.४ प्रतिशत र ६५.१ प्रतिशत थियो ।

चालु आव २०८२/८३ सात महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कर्जा १०.६ प्रतिशत, निर्माण क्षेत्र ८.७, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्र ६.८, औद्योगिक उत्पादन क्षेत्र ४.८ र सेवा उद्योगमा

१.१ प्रतिशत बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा १.४ प्रतिशत र वित्त बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा १.९ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आव सात महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित कर्जामध्ये ट्रस्ट रिसिट (आयात) कर्जा १६.२ प्रतिशत, मार्जिन प्रकृति ११, हायर पर्चेज ९.३, आवधिक ३.१, रियल इस्टेट २.५, क्यास क्रेडिट २.१ र माग तथा अन्य चालु पूँजी कर्जा १.८ प्रतिशत बढेको छ । तर, अधिविकर्ष कर्जा ३.४ प्रतिशतले घटेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?